MENU

राजनीति

भारतको पटना अदालतद्वारा माओवादीका ११ नेता विरुद्ध फैसला

काठमाडौं, भदौ २५ - भारतको पटना अदालतले ११ जना माओवादी नेता विरुद्ध फैसला सुनाएको छ । अदालतले २०६१  सालमा भारतमा पक्राउ परेका माओवादीका ११ जना नेता विरुद्ध फैसला सुनाएको हो ।

 

माओवादी नेताहरु कुल प्रसाद केसी, लोकेन्द्र विष्ट, हित बहादुर तामाङ्ग, अनिल शर्मा, कुमार दाहाल, तारा घर्ती मगर, मिन प्रसाद आपागाँई, चित्र बहादुर श्रेष्ठ, दिलिप महर्जन, सुमन तामाङ्ग लगायतका ११ जनालाई सजाय सुनाएको हो । अदालदतले लोकेन्द्र विष्टलाई ७ वर्ष जेल सजायँ र ७ लाख रुपैयाँ धरौटी, सोनामलाई ६ वर्ष कैद र ६ लाख रुपैयाँ धरौटी मागेको छ ।  


माओवादी नेताहरुलाई युद्धकालमा नै २०६१ सालमा भारतका विभिन्न स्थानबाट पक्राउ गरिएको थियो । माओवादी खुल्ला राजनीतिमा आएपछि २०६३ सालमा उनीहरुलाई तारेखमा छोडिएको थियो । तारेख बुझ्न नगएकोले अदालतले उनीहरुको विपक्षमा फैसला सुनाएको हो ।

फैसला फिर्ता गर्न पहल गर्छु : प्रधानमन्त्री

प्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतको पटना अदालतले माओवादी नेताका विपक्षमा गरेको फैसला फिर्ता गरी आम माफिका लागि पहल गर्ने बताउनु भएको छ । ‘माओवादी नेताहरु राजनीतिक बन्दी मात्र हुन्’, संसदको राज्य व्यवस्था समितिमा बोल्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘हामी अहिले खुल्ला राजनीतिमा छौँ, त्यसैले म फैसला फिर्ताका लागि पहल गर्छु ।’
 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया