MENU

विचार/अनुभूति

ujyaalo forign call inside

के हो मास हिस्टेरिया ?

डा. करुणा कुँवर -

१४ वर्षकी बालिका जो विद्यालयमा परीक्षा आयो कि बेहोस हुन्छिन्, बर्बराउँछिन्, रुन्छिन्, परीक्षा दिन जान मान्दिनन् । तर अभिभावकले ती बालिकालाई जस्तो आउँछ, त्यस्तै गर बरु फेल भए पनि केही हुँदैन भनेर सम्झाएका छन् । 

अभिभावकले बालिकालाई समर्थन गरेको जस्तो लाग्छ, बालिकालाई सहयोग गरेको जस्तो लाग्छ । तर बालिकाले यसलाई सहज रुपमा लिँदिनन् । उनी झन् आत्तिन्छिन् । अभिभावकको यस्तो व्यवहारले समस्या समाधान होइन, बल्झाउन सक्छ । आत्मबल गिराउन सक्छ । उसलाई के भएको होला त ?

एक सुरमा बसेको मानिस एक्कासी बेहोस हुन्छ, बर्बराउन थाल्छ, ठूलो ठूलो स्वरमा चिच्याउन थाल्छ अथवा काम्न थाल्छ । यस्तो बेलामा विभिन्न अड्कल काटिन्छ छोप्यो, बोक्सी लाग्यो, देवता चढ्यो, पागल भयो आदि । यस्तो समस्या कहिलेकाहिँ समूहमा पनि देखा पर्छ र यसलाई सरुवा रोगको नाम दिइन्छ । खासमा यो समस्या भूत लागेको, बोक्सी चढ्नु नभएर मास हिस्टेरिया अथवा कन्भर्जन डिसअर्डर भएको हो । 

मास हिस्टेरिया शब्दको गलत बुझाई छ । हिस्टेरिया भन्ने बित्तिकै युवा अवस्थामा देखिने समस्या भन्ने बुझिन्छ । युवा अवस्थामा यौन इच्छा हुने, विपरित लिंगतर्फ आकर्षण हुने र यस्ता इच्छालाई मनमा दबाएर राख्नाले मास हिस्टेरिया हुन्छ भन्ने बुझाई छ । यो शब्द आफैँमा लाल्छना लगाउने शब्दलाई परिमार्जन गरेर कन्भर्जन डिसअर्डर बनाइएको छ । 

कस्तो बेला हुन्छ कन्भर्जन डिसअर्डर ?

कुनै किसिमको तनाव दिमागमा गडेर बसेको छ, तनावलाई कसैसँग व्यक्त गर्न सकिदैँन । त्यो तनावको समाधान गर्ने सीप अभावमा शरीरले त्यस्तो लक्षण देखाउँछ । यो नक्कल पारेको भने होइन ।

किशोर किशोरीमा धेरै हुने कारण 

पढाईको तनाव
साथीभाइ बिचको सम्बन्धको तनाव 
परिवार, शिक्षकसँगको तनाव
शारीरिक परिवर्तनलाई सामान्य रुपमा लिन नसक्नु, 
समस्या समाधान गर्ने परिपक्वता नहुनु

अभिभावकले बालबालिकालाई आफूसँग तुलना गर्ने बानीले (तेरो उमेरमा म यस्तो गर्थें, त्यस्तो गर्थें भनेर तुलना गर्ने)
विशेषगरी विद्यालयका बालबालिकामा एक जनालाई भएपछि सबै विद्यार्थीलाई यस्तो समस्या देखापर्छ । धेरैले यसलाई सरुवा रोग अथवा नाटक गरेको भन्छन्, तर कक्षामा एक जनालाई भएपछि स्वतः अर्कोलाई पनि हुन सक्छ । यस्तो बेलामा विद्यार्थीलाई केही समस्या छ भनेर बुझ्नु शिक्षक तथा परिवारको दायित्व हो ।

यदि समस्या हो भन्ने थाहा पाएमा पनि तिमीलाई के भयो भनेर सोध्नु हुँदैन । किनकी विद्यार्थीलाई केही समस्या भएको भन्ने थाहा हुन्छ तर त्यसलाई व्यक्त कसरी गर्ने भन्ने बारेमा भने थाहा हुँदैन । अभिभावकले आफ्नो सन्तानको यस्तो समस्या नबुझ्दा यस्ता समस्या देखा पर्छन् :

समयको बर्बाद
पैसाको नोक्सान
पढाइ र परीक्षा छुट्ने
समाजबाट अलग्गिने, एक्लो बस्न मन पराउने

महिलामा धेरै हुने कारण

समाज जति नै आधुनिक भए पनि समाजमा भएका नीति नियम, संस्कृतिले पुरुषको तुलनामा महिलालाई धेरै बाँधेको छ । एक बालिकालाई रजस्वला भएपछि घरबाट ठूली भएको भनेर सम्झाउँदै अबेरसम्म बाहिर खेल्नु हुँदैन, केटा साथीको सँगतबाट टाढा बस्नुपर्छ, यो गर्नुपर्छ त्यो गर्नुहुँदैन भनेर सम्झाइन्छ । यस्ता नियमले बाल मस्तिष्कले हिजोसम्म गर्न मिलेको काम आज किन गर्न मिलेन भन्ने अन्यौलमा पार्ने हुन्छ । त्यस्तै बुहारीको लागि पनि यस्ता नियम हुन्छन्, जसले आत्मबलमा गिरावट ल्याउँछ, मनमा लागेको कुरा खुलेर कुरा गर्ने वातावरण बन्दैन र त्यसपछि कन्भर्जन डिसअर्डरको समस्या देखा पर्छ । 

पुरुषमा पटक्कै देखा पर्दैन भन्ने होइन, तुलनात्मक रुपमा पुरुषमा यस्तो समस्या कम देखिन्छ ।

के के हुन्छ कन्भर्जन डिसअर्डरमा ?

बिरामी कम्तीमा तीन मिनेट भन्दा बढी बेहोस हुने हुन्छ, यस्ता बिरामीलाई एक घण्टा दिनभरी वा दुई दिनसम्म पनि बेहोसी हुन सक्छ । टाउको दुख्ने, शरीरको कुनै एक भाग नचल्ने, बरबराउने, काम्ने आदि ।

बालबालिकालाई अभिभावकले आफ्नो सपना थोपर्ने व्यवहारले पनि यस्ता समस्या धेरै आएको देखिन्छ । यस्तै जीवनका महत्वपूर्ण व्यक्तिले आफूमाथि अपेक्षा राखिदिने र त्यही अपेक्षालाई पूरा गर्नको लागि एक किसिमको तनाव उत्पन्न हुन्छ । जस्तै बुहारीले घरमा अब सन्तान चाँडै जन्माउनुपर्छ, बालबच्चाले ठूलो मान्छे भएर यस्तो गर्नुपर्छ, परीक्षामा यति अंक ल्याउनुपर्छ भन्ने जस्ता कुराले मानसिक तनावको सिर्जना गर्छ । देख्दा समर्थन गरेजस्तो भएपनि कतिपय कुराले मानसिक तनावको स्वरुप लिन सक्छ र फलत कन्भर्जन डिसअर्डर हुन सक्छ । यो सँगै विद्यालयमा विषय नबुझेर, साथीभाइसँगको सम्बन्ध तथा शिक्षकसँगको समस्याले पनि यो समस्या निम्तिन्छ । 

बालबालिकालाई पनि तनाव हुन्छ

बुझाईमा स–साना केटाकेटीलाई तनाव हुँदैन, तर दुधे बालकलाई पनि आमाले दुध पिउँन दिन्छिन् कि दिन्नन् भन्ने तनाव हुन्छ । खान पाएका छन्, पैसा कमाउनु परेको छैन भने तनावमुक्त हुँदैन, उमेर, समय र परिस्थिती अनुसारको तनाव सबैमा हुन्छ । यस्ता कुरा अभिभावकले बुझ्नै पर्छ ।

बिरामीलाई के गर्नु हुँदैन ?

तिमीलाई के भयो भनेर सिधा सोध्नु हुँदैन,
गाली गर्नु हुँदैन,
नक्कल पारेको भन्नु हुँदैन,
वास्ता नगर्ने
कन्भर्जन डिसअर्डर रोगको पहिचानमा अहिले पनि समस्या छ । धेरै बिरामी अस्पताल गए पनि, औषधि प्रयोग गरेपनि निको नभइरहेको छ । 

समाधानका उपाय 

समस्याका बारेमा बिश्वासिलो साथीसँग कुरा गर्ने 
परिवारले बालबालिकालाई धेरै समय दिने
बालबालिकाको कुरा सुन्ने 
सहयोगीको भूमिका खेल्ने
अभिभावक, शिक्षकले बिरामीलाई सजिलो हुने व्यवहार गर्नुपर्छ 
मनोविद्लाई भेटाउने ।

(मनोविद् करुणा कुँवरसँग सुजाता खत्रीले गरेको कुराकानीमा आधारित)

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

  • सरकारका सय दिन : कुरा ठूला, खुट्टा लुला !

    कम्तीमा पनि सरकारले बितेका सय दिनमा सडकका खाल्डाखुल्डी पुर्न सक्थ्यो । काम भैरहेका ठाउँमा धुलो कम गर्न ठेकदारलाई बाध्य पार्न सक्थ्यो । काठमाडौंबाट नागढुंगा पुुग्ने, हेटौडा जाने जस्ता सयौं असजिला सडकलाई गिटी हालेर वा माटो पेलेर सहज बनाउन सक्थ्यो ।

  • ​कोरियामा धन देखेर मन हराएकाहरु

    हिजोआज दक्षिण कोरियामा रहेका नेपालीमाझ सामाजिक सञ्जालमार्फत नेपालीले नेपालीमाथि गरेको अमानवीय दुव्र्यवहारको चर्चा एकाएक चुलिएको छ ।

  • मुख्यमन्त्री शेरधन राईलाई खुल्ला पत्र

    सबैलाई एकजुट बनाउनुस् जनता छन् जागेका, हेर्न मन छ मिक्लाजुङ चढ्न पर्यटक ताँती लागेका । सुनसरीमा खेती सनपाट र केराको, खान पाइयोस् चामल डिहिटार र सेराको । लेगुवाका माछा गुद्रीमा बिकुन्, प्रदेश हाम्रो हेरी अरुले सिकुन् ।

  • ​कम्युनिष्ट मन्त्रीको सम्पत्तिमा दम्पती विवरण !

    हुन त उनी दाइजोका कट्टर विरोधी हुन् । बिहे पनि जनवादी ढंगले भएको हो । प्रगतिशील मान्छेको जनवादी बिहेमा दाइजो आउने कुरा भएन । तर बिहेको दिन नआएर के भयो ! श्रीमतीकै बाआमाले दाइजो दिनुपर्छ भन्ने के छ ? यो त परम्परावादी सोच भयो ।

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया