MENU

बातावरण-कृषि

Ncell Axiata
sagun

हिमाली भेगका भेडीगोठ जाडो बढेसँगै तल्लो क्षेत्रमा झारियो

सुवास दर्नाल/उज्यालो ।

सोलुखुम्बु, कात्तिक ९ – हिमाली भेगमा लगेका भेडीगोठ जाडो बढेसँगै तल्लो भेगमा झर्न थालेका छन् । यस वर्ष चाँडै नै जाडो बढेकाले भेडीगोठ तल्लो भेगमा झारिएको हो । सोलुखुम्बुको मुक्ली, सल्यान तथा ओखलढुंगाको रुम्जाटार क्षेत्रका गुरुङ तथा राई जातीहरुले पुस्तौं अघिदेखिे भेडापालन गर्दै आएका छन् । भेडा सिजनअनुसार तराईदेखि हिमालसम्म डुलाउनुपर्ने भेडापालक माइला गुरुङले बताउनुभयो । 

‘भेडा पालन पेशा निकै कठिन छ, कहिले हिमाल त कहिले तराई पुग्नुपर्ने हुन्छ, परिवार, चाडपर्व केही भन्न पाँइदैन’ सोलुखुम्बुको सल्यान–५ का भेडापालक जकशेर राईले भन्नुभयो । भेडापालनबाट राम्रै आम्दानी गर्न सकिने भए पनि निकै कठिन भएकाले पछिल्लो समय युवा पुस्ताले त्यसतर्फ मन नलगाएको र पेशा नै संकटमा पर्दै जान थालेको उहाँको भनाइ छ । अहिले हिमालमा चिसो सुरु भएकाले मध्यपहाडी भेगका जंगलहरुमा अधिकांश भेडागोठहरु झान थालिएको छ । 

मुक्लीका परशुराम गुरुङले चिसो सिजनमा पहाड हुँदै तराईसम्म भेडा गोठ लाने र गर्मी सिजन हुरु भएपछि हिमालतर्फ फर्काउने बताउनुभयो । ‘भेडालाई धेरै चिसो र धेरै गर्मी हुनु हुँदैन, तापक्रमअनुसार गोठ सार्नुपर्छ’ उहाँले भन्नुभयो । पूर्वी पहाडका गुरुङ जातीहरुको पुख्र्यौली पेशा मानिएको भेडापालन व्यवसाय घट्दै गएको भए पनि केहीले अझै आफ्नो पेशालाई निरन्तरता दिइरहेका छन् । पछिल्लो समयमा सामुदायिक वनको नीति नियमका कारण पनि व्यवसायमा असर पर्न थालेको र युवा पुस्ताले यस पेशालाई आफ्नो रोजाईमा नपारेपछि व्यवसाय नै धरापमा पर्न लागेको भेडापालकहरुको भनाइ छ ।

कुनै सामुदायिक वन उपभोक्ता समूहहरुले भेडाको चरणक्षेत्र उपलब्ध नगराउँदा तल्लो क्षेत्रमा समस्या हुने गरेको भेडापालक बताउँछन् । भेडाको उनबाट राडीपाखी बनाइन्छ भने मासुका लागि पनि भेडा पाल्ने चलन छ । 
                                                            

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • बाढीले बगाएर भारत पगेका १० गैँडाको उद्धार

    चितवन, मंसिर ४ – चितवन राष्ट्रिय निकुञ्जबाट गएको साउनमा आएको बाढीले बगाएर भारत पुगेका १० वटा गैँडाको उद्धार गरिएको छ । पछिल्लो पटक भारतको पिप्रासीबाट एउटा गैँडाको उद्धार गरी सोमबार बिहान चितवन ल्याई सामुदायिक वनमा छाडिएको छ ।

  • कफी आयात र निर्यातमा कमी उत्पादनमा वृद्धि

    काठमाडौं, मंसिर १ – आज १३ औं राष्ट्रिय कफी दिवस : ‘आर्थिक सम्बृद्धिको लागि गुणस्तरीय कफी उत्पादन ! सरकारी, निजी र सहकारी क्षेत्रको राष्ट्रिय अभियान’ भन्ने नाराका साथ मनाइँदैछ ।

  • हिमाली जिल्लामा हिमपात सुरु, मतदान प्रभावित हुन सक्ने आशंका

    काठमाडौं, मंसिर १ – पश्चिमी भेगका हिमाली जिल्लामा हिमपात सुरु भएको छ । हुम्लामा शुक्रबार बिहानैदेखि हिमपात भइरहेको छ । सदरमुकाम सिमकोट र उत्तरी भेगका लिमी, मुचु खगालगाउँ, स्याँडा, हेप्का लगायतका क्षेत्रमा लगातार हिउँ परिरहेको हो ।

  • तिहारका फूलमाला उम्मेदवारका गलामा

    चितवनको क्षेत्र नं. ३ बाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले घरदैलो अभियानमा हुनुहुन्छ । पञ्चेबाजासहित घरदैलो अभियान सुरु गरेका प्रचण्ड जुन घरमा पुग्नुहुन्छ, त्यही घरमा फूलमाला लगाएर स्वागत गर्नेको घुईंचो हुन्छ ।

  • चितवनमा अन्तर्राष्ट्रिय भैँसी विज्ञहरुको सम्मेलन सुरु

    चितवन, कात्तिक २९ – चितवनमा सौराहामा अन्तर्राष्ट्रिय भैँसी विज्ञहरुको सम्मेलन सुरु भएको छ । नेपालमा पहिलो पटक भएको यो सम्मेलनमा विभिन्न देशका भैँसी विज्ञहरुले सहभागिता रहेको छ ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया