MENU

साहित्य/ कला

Ncell Axiata
NIC Asia

लालबाबु पण्डितको ‘सिंहदरबार बदल्ने संघर्ष’ पुस्तकमा

काठमाडौं, कात्तिक ९ – लालबाबु पण्डितको जीवनी समेटिएको पुस्तक प्रकाशित हुने भएको छ । नेपालय पब्लिकेशनले पण्डितको जीवनी समेटिएको पुस्तक ‘सिंहदरबार बदल्ने संघर्ष’ प्रकाशित गर्न लागेको हो । पूर्वी तराइको एउटा अल्पसंख्यक समुदायबाट राजनीतिमा होमिएका राजनीतिज्ञ पण्डितको जीवनी पुस्तक तराईबासीको महानपर्व छठको अवसर पारेर पाठकहरु माझ घोषणा सार्वजनिक गरिएको हो ।

केहि वर्षअघि देश कठिन राजनीतिक मोडबाट गुज्रिरहेकै बेला एक कमै चिनिएका राजनीतिज्ञ पण्डित पहिलो टक मन्त्री बनेका थिए । मन्त्री बनेको छोटै समयमा उहाँले चर्चा कमाउनुभएको थियो । 

नेकपा एमालेका लोकप्रिय नेता मदनभण्डारीसँग भूमिगत कालमा साथै रहेर संगठनमा लागेका घटनादेखि पढाइ र पारिवारिक जीवन सम्मका भोगाइहरु पुस्तकमा समेटिने छन् ।  साथै पण्डितको सादगीपूर्ण जीवन पनि पुस्तकमा समेटिन्छ । 

लालबाबु पण्डितको यात्रा, बाटो र पाइलाहरु धेरैका निम्ति पठनीय हुनसक्ने ठानेर जीवनी प्रकाशन गर्ने निधोमा पुगेको  पब्लिकेशन्स नेपालयकी प्रमुख कार्यकारी सैजन मास्केले बताउनुभयो । यसले नेपाली राजनीतिको जटिल समयमा पनि संभावना देखाउने एक नेतासँग पाठकलाई नजिक्याउने उहाँको दाबी छ । 

पण्डितले युवा सञ्चारकर्मी मुकेश पोख्रेलसँगको सहकार्यमा पुस्तक तयार पार्नुभएको हो । ‘पहिलोपटक मन्त्री हुने बित्तिकै जताततै विसंगति र विकृति देख्न थालेपछि परिवर्तनको पाइला आफैँबाट चाल्ने अठोट गरेको थिएँ,’ पण्डितले भन्नुभयो ‘त्यतिबेला गरेका कामहरुलाई मैले इमान्दारिका साथ पुस्तकमा राखेको छु ।’

‘सिंहदरबार बदल्ने संघर्ष’ नामाकरण गरिएको यो पुस्तक यसै महिनाभित्र पब्लिकेशन नेपालयले पाठकसामु पु¥याउने तयारी गरेको छ । पुस्तकको मूल्य ३२५ रुपैयाँ राखिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • ‘ओ नायक !’ को विमोचनसँगै कविता विमर्ष

    काठमाडौं, माघ ६ – अहिलेको सन्दर्भमा भानुभक्त फेल भैसकेको बताउँदै मुकारुङले भुपी सेरचनका केही कविता अहिले मनोज गजुरेलका ठट्टा जस्ता लाग्ने बताए ।

  • ‘न्यूरोड ग्याङ’ द्वारा नयनराजको ‘यार’ विमोचन

    काठमाडौं, पुस २९ –साहित्यकार नयनराज पाण्डे संस्मरणात्मक पुस्तक ‘यार’ लिएर पाठकमाझ आएका छन् ।

  • स्रष्टा सम्मानित

    भक्तपुर, पुस २४ – भक्तपुर साहित्यिक समाजको १९ औँ स्थापना दिवसको अवसरमा तीन जना स्रष्टालाई सम्मान गरेको छ ।

  • हैसियत (कथा)

    एकछिन उ घोरियो - कुनै भाउँतो आइलाग्ला भनेर पो हो कि हाकिमसाबले मोबाइल नउठाएको, ल्यान्डलाइन फोनमा म्याडमलाई बोल्न लगाएको ! कि बुढाले वर्ग विभाजनको रेखा ख्याल गर्न थाले !

  • अग्लो बौद्धिक उचाइ

    चिउँडा वरिपरि झुस्स दारी राखी छाड्ने, प्रायः काँधमा सानो ब्याग बोक्ने, हँसिलो अनुहारका टङ्क न्यौपाने...

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया