MENU

साहित्य/ कला

Ncell Axiata
NIC Asia

‘आधुनिक नेपालको इतिहास (१७४३–१८५५) महत्वपूर्ण विषयहरुको समीक्षा’ विमोचित

काठमाडौं, कात्तिक ९ – लेखक लक्ष्मण पन्तको ‘आधुनिक नेपालको इतिहास (१७४३–१८५५) महत्वपूर्ण विषयहरुको समीक्षा’ नामक पुस्तकको विमोचन गरिएको छ । 

बिहीबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुस्तक विमोचन गर्नुभएको हो । लेखक पन्त माओवादी केन्द्रका सचिवालय सदस्य तथा अन्तर्राष्ट्रिय ब्यूरो प्रमुख पनि हुनुहुन्छ । 

‘इतिहास लेखनको विषय निकै ठूलो जिम्मेवारीको विषय हो । इतिहासदेखि वर्तमानसम्म दुई प्रवित्तिमा इतिहासको ब्याख्या गरिएको पाइन्छ । एउटा ऐतिहासिक आदर्शवादी दृष्टिकोण अर्को ऐतिहासिक भौतिकवादी दृष्टिकोण । भौतिकवादी दृष्टिकोणमा समाजको तात्कालिन वस्तुगत अवस्थालाई ध्यान दिएर विज्ञानमा आधारित ब्याख्या गर्ने हुन्छ । जहाँ जनताको भूमिकाको पनि ब्याख्या हुन्छ । अहिले इतिहासको यस्तैखाले ब्याख्याको आवश्यकता छ’ अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘मानिसहरुबिचको आपसी सम्बन्धबारे कुरा उठाउने हुँदा भौतिकवादी दृष्टिकोण राम्रो मानिन्छ । नेपालमा भौतिकवादी दृष्टिकोणबाट इतिहास लेख्ने जमर्को थोरै मात्र भएको पाइन्छ । लक्ष्मण पन्तले आधुनिक नेपालको इतिहासबाट यही प्रक्रियाको थालनी गर्नुभएको छ । यसलाई पूर्णता दिनका लागि अझ धेरै मेहनत, अध्ययन र अनुसन्धान गर्नुपर्ने छ ।’

जनयुद्धकै समयमा भारत जबलपुरमा हुँदा सँगै बसेको खाएको सम्झँदै उहाँले लेखक पन्तको मेहनती र सक्रिय स्वभावको ब्याख्या पनि गर्नुभयो । पात्र, प्रवृति र प्रवाह फेरिएकोले साथै महत्वपूर्ण घटनाक्रम २००७ सालपछि पनि दूरगामी रुपमा भएकाले ०७ सालपछिका घटनाक्रमबारे पनि लेख्न उहाँले लेखकलाई सुझाव दिनुभयो । 

यस्तै पुस्तकको समीक्षा गर्दै नेकपा एमालेका नेता तथा लेखक प्रदीप ज्ञवालीले अंग्रेजी लेखकका धारणामा आधारित भएर नेपालको इतिहास हेर्नुपर्ने अवस्थाको अन्त्य हुँदै गएको बताउनुभयो । नेपाल एकीकरणलाई कसरी हेर्ने ?, सुगौली सन्धी आसपासको विषय र २००७ सालको स्थितिबारे पुस्तकमा नयाँ ढंगले उल्लेख भएको छ । 

यस्तै पुस्तकको समीक्षा गर्दै कान्तिपुर दैनिकका प्रधान सम्पादक सुधीर शर्माले अध्ययन, खोज र विश्लेषणसहितको पुस्तक आएकोले खुशी लागेको बताउनुभयो । ‘घटनाक्रम र विवरणसहित आफ्नो दृष्टिकोण र मूल्याकंन पनि भएकाले पुस्तक पठनीय छ’ उहाँले भन्नुभयो । 

लेखक पन्तले नेपालीको दशा र दुर्दशाको अवलोकन गर्दा इतिहास के रहेछ भनेर जान्ने चाहना बढेकाले इतिहासको अध्ययन, अनुसन्धान गरेर पुस्तक लेखेको बताउनुभयो । जागरण बुक हाउसले निकालेको ५ सय ४८ पेजको पुस्तक ‘आधुनिक नेपालको इतिहास (१७४३–१८५५) महत्वपूर्ण विषयहरुको समीक्षा’ को मूल्य ६ सय ९९ रुपैयाँ राखिएको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • ‘ओ नायक !’ को विमोचनसँगै कविता विमर्ष

    काठमाडौं, माघ ६ – अहिलेको सन्दर्भमा भानुभक्त फेल भैसकेको बताउँदै मुकारुङले भुपी सेरचनका केही कविता अहिले मनोज गजुरेलका ठट्टा जस्ता लाग्ने बताए ।

  • ‘न्यूरोड ग्याङ’ द्वारा नयनराजको ‘यार’ विमोचन

    काठमाडौं, पुस २९ –साहित्यकार नयनराज पाण्डे संस्मरणात्मक पुस्तक ‘यार’ लिएर पाठकमाझ आएका छन् ।

  • स्रष्टा सम्मानित

    भक्तपुर, पुस २४ – भक्तपुर साहित्यिक समाजको १९ औँ स्थापना दिवसको अवसरमा तीन जना स्रष्टालाई सम्मान गरेको छ ।

  • हैसियत (कथा)

    एकछिन उ घोरियो - कुनै भाउँतो आइलाग्ला भनेर पो हो कि हाकिमसाबले मोबाइल नउठाएको, ल्यान्डलाइन फोनमा म्याडमलाई बोल्न लगाएको ! कि बुढाले वर्ग विभाजनको रेखा ख्याल गर्न थाले !

  • अग्लो बौद्धिक उचाइ

    चिउँडा वरिपरि झुस्स दारी राखी छाड्ने, प्रायः काँधमा सानो ब्याग बोक्ने, हँसिलो अनुहारका टङ्क न्यौपाने...

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया