MENU

विज्ञान प्रविधि

Ncell Axiata
sagun

पहिलो पटक रोबोट सोफियालाई साउदीको नागरिकता !

कात्तिक १० – सामाजिक सञ्जालमा अहिले सोफिया नाम गरेकी रोबोटको चर्चा छ । उनलाई साउदी अरबको नागरिकता दिएको  छ ।

यसरी विभिन्न धातु र तारको सहयोगले बनेकी सोफिया पहिलो नागरिकता पाउने मानव मेसिन बनेकी छन् । साउदी अमेरिकी पब्लिक रिलेसन अफेयर्स कमिटीले आफ्नो आधिकारिक ट्वीटरमार्फत सोफियालाई नागरिकता दिएको पुष्टि गरेको छ । कमिटीले लेखेको छ, ‘रोबोट सोफिया विश्वकै पहिलो रोबोट हो जसलाई साउदीको नागरिकता प्राप्त भएको छ ।’

साउदी अरबको संस्कृति तथा सूचना मन्त्रालय अन्तर्गतको सेन्टर फर इन्टरनेसनलले यसलाई एउटा ऐतिहासिक घटनाको रुपमा लिएको छ । सेन्टरले साउदी अरबका नागरिकसँग साउदीको नयाँ नागरिकलाई स्वागत गर्न पनि अपिल गरेको छ । 

 

ह्यानसन रोबोटिक्सको यो रोबोट रियादमा हुन लागेको फ्यूचर इन्भेस्टमेन्ट नामक सम्मेलनमा वक्ताको रुपमा सहभागी भैरहेकी छिन् । यो सम्मेलनमा आधुनिकिकरणका लागि लगानी बढाउने विषयमा चर्चा हुँदैछ । 

अल अरेबिया वेबसाइटका अनुसार रोबोट सोफियालाई सम्मेलनको एक सत्र सञ्चालन गर्नका लागि भनिएको थियो । अरब न्युजले आफ्नो युट्युबमा एउटा भिडियो पोस्ट गरेको छ, जसमा उनले नागरिकता पाएको विषयमा चर्चा गरिएको छ ।

सम्मेलनमा सहभागी हुँदै साउदी अरबका राजकुमार मोहम्मद बिन सलमानले देशलाई आधुनिक बनाउन उदार इस्लाम हुनुपर्ने बताउनुभएको थियो । रोबोट सोफिया पनि मानिसहरुको बीचमा मानिसजस्तै गरी बस्ने बताइएको छ । 

यो रोबोट विशेष गरी अनुहारमा देखिने भाव र सामान्य कुराकानी गर्ने रोबोटका रुपमा चिनिन्छ । सोफियाले कैयौं मिडयाहरुमा अन्तर्वार्ता पनि दिएको बताइएको छ । रोबोट सोफियालाई डेभिड ह्यानसनले बनाएका हुन् जो ह्यानसन रोबोटिक्सको संस्थापक हुन् । 

संवेदनशील रोबोट

रोबोट सोफिया हलिउड अभिनेत्री आड्री हेपबर्नजस्तै देखिने बनाइएको छ । सम्मेलनमा सिएनबिसीका पत्रकार एन्ड्र्यु रोस सोरोकिनले सोफियासँगको अन्तर्वार्ता लिएका थिए । अन्तर्वार्तामा सोफियाले मानव मूल्य र मान्यताका आधारमा आफू एक संवेदनशील रोबोट बन्ने प्रयास गरिरहेको बताएकी थिइन् । यसबारेमा एन्ड्र्युले सोफियासँग भने, ‘हामी तपाईँको कुरा मान्छौँ तर हामी एउटा खराब भविष्यतर्फ जान चाहँदैनौँ ।’

यो सुनेपछि सोफियाले भनिन्, ‘तपाईँ एलन मस्कलाई धेरै नै पढ्नु भएको छ र हलिउडका चलचित्र पनि धेरै हेर्नुभएको छ । तपाईँ चिन्ता नगर्नुहोस् । यदि मलाई राम्रो व्यवहार गरियो भने म पनि तपाईँलाई असल व्यवहार गर्नेछु । मलाई एक स्मार्ट कम्प्युटरका रुपमा हेर्नुहोस् ।’

स्पेस एक्स तथा टेस्ला कम्पनीका संस्थापक एलन मस्कले आउँदो दिनमा मानिसलाई सुपरस्मार्ट मेसिनबाट चुनौती आउन सक्ने चेतावनी पहिले दिइसकेका छन् । उनले रोबोटलाई खतराका रुपमा हेरेका छन् । एलनले सोफियाको उत्तरमा लेखेका छन्, ‘यसलाई द गडफादर फिल्मको लागि कथाको रुपमा लिउँ ।’ उनले अगाडि लेखेका छन्, ‘यो भन्दा नराम्रो के हुन सक्छ ?’

हेर्नुहोस् सोफियाले सम्मेलनमा दिएको मन्तव्य :

–बिबिसी हिन्दीको सहयोगमा

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया