MENU

बातावरण-कृषि

Ncell Axiata
NIC Asia

कैलालीमा रासायनिक मलको अभाव, कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङबिच विवाद

नवराज पनेरु/उज्यालो । 

कैलाली, कात्तिक ११ – गहुँ लगाउने समयमा कैलालीमा रासायनिक मलको अभाव भएको छ । केही महिनाअघिदेखि मल वितरण प्रणालीमा कृषि सामग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यालय धनगढी र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड अञ्चल कार्यालय धनगढीबिच उत्पन्न विवादले जिल्लामा माग अनुसार समयमा रासायनिक मलको आपूर्ति हुन नसक्दा अभाव भएको हो  ।

कैलालीमा कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसन बिच डिलरसिपका बारेमा विवाद उत्पन्न भएपछि आपूर्तिमा कमी भइ अहिले रासायनिक मलको अभाव भएको हो ।

अहिले आलु, तरकारी, तोरी र गहुँ खेतीका लागि किसानलाई मल चाहिएको छ । तर मलको अभावले हिउँदे खेती नै प्रभावित हुने चिन्ता बढेको कैलालीको चौमलाका किसान सोमराज ढुङगानाले बताउनुभयो । कृषि सामग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यालय धनगढीले असोज २९ गतेसम्म मल वितरण गरे पनि अहिले मौज्दात सकिएको जनाएको छ । यहाँको लागि चाहिने मल अझै भारतबाट नेपाल भित्रिन सकेको छैन । जसकारण किसानहरुले तत्काल रासायनिक मल पाउने संभावना छैन ।

साल्ट ट्रेडिङ कर्पोरेसनले डिलरसिपका कारण उत्पन्न विवादले समयमा मलको आपूर्ति नहुँदा हाल डिएपी मलको मौज्दात नरहेको जनाएको छ । साल्ट ट्रेडिङ कर्पोरेसनका अञ्चल प्रमुख केशवप्रसाद पाण्डेले जिल्ला कृषि विकास कार्यालयले आफूसँग डिलरसिप लिएका सहकारीको डिलरसिप खारेज गरेपछि भदौ २६ गते पहिले आफूहरुसँग मलको माग नआएकोले आपूर्ति नगरेको र अहिले अभाव सिर्जना भएको बताउनुभयो । 

तर कृषि सामाग्री कम्पनी लिमिटेडले भने डिलरसिप विवाद नभई भारतबाट आयात नै कम भएकोले मौज्दात नहुँदा मलको अभाव भएको जनाएको छ । मल वितरण गरिरहेका दुई सरकारी निकायको समन्वय नहुँदा किसान भने चेपुवामा परेका छन् । यहाँ कृषि सामग्री कम्पनीले ७० र साल्ट ट्रेडिङले ३० प्रतिशत मल वितरण गर्ने व्यवस्था छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस

सोसल मिडिया