MENU

साहित्य/ कला

ujyaalo forign call inside

फिदिममा ‘लिम्बुनी गाउँ’को चर्चा

फिदिम, कात्तिक ११ – पाँचथरको फिदिममा आयोजित साहित्यिक कार्यक्रममा राज माङलाकद्वारा लिखित कविता कृति ‘लिम्बुनी गाउँ’को चर्चा गरिएको छ । पछिल्लो समय चर्चामा रहेको कृतिका बारेमा साहित्य सर्जक सगुन सुसारा, प्रेम ओझा र मुनराज शेर्माले कृतिका बारेमा बोल्नुभयो । 

पुस्तकका बारेमा बोल्दै साहित्यकार मुनराज शेर्माले लिम्बुनी गाउँ पूर्वीय माटोको सुगन्ध भएको बताउनुभयो । पूर्वमा पनि लिम्बू जातीको रहन सहन, भाषा संस्कृति टिपेर कविले माला बनाएको शेर्माको भनाई छ । 

नेपाली सहित्यको नयाँ प्रयोग उत्तरवर्ती सोचका अभियन्ता माङलाकको कृतिलाई उक्त सोचमा आएको दोस्रो कृति मानिन्छ । पाँचथर गजल मञ्चको आयोजना भएको कार्यक्रममा एक दर्जन सर्जकले रचना वाचन गरेका थिए । पाँचथर गजल मञ्चका अध्यक्ष दिपक खनालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया