साहित्य/ कला
विनोदीको महाकाव्य ‘कैकेयी’ लोकार्पण
- Saturday, Oct 28, 2017
- 19:12 PM ( 6 months ago )
- Total Views: 1.4 K
काठमाडौं, कात्तिक ११ – कवि गोविन्दराज विनोदीद्धारा रचित महाकाव्य ‘कैकेयी’ काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच लोकार्पण गरिएको छ ।
साहित्यकार एवं प्राध्यापक डा. चूडामणि बन्धुसहित शनिबार आयोजित कार्यक्रममा साहित्यकार एवं प्राध्यापक राजेन्द्र सुवेदी, कवि एवं समालोचक प्रभा भट्टराई, साहित्यकार भुवनहरि सिग्देल, लेखक स्वयं र प्रकाशक शिखा बुक्सका प्रमुख पुष्पराज पौडेलले संयुक्त रुपमा महाकाव्यको विमोचन गरेका हुन् ।
विमोचनपछि बोल्दै समालोचक राजेन्द्र सुवेदीले भन्नुभयो, ‘रामायणमा उपेक्षित नारी पात्र ‘कैकेयी’लाई केन्द्रमा राखी सिर्जना गरिएको प्रस्तुत महाकाव्य कला भाव, बिम्ब–प्रतीक र महाकाव्यिक चेतनाको दृष्टिले उत्कृष्ट रहेको छ ।’
प्राध्यापक बन्धुले महाकाव्य समाकालिन समयमा पठनीय रहेको बताए । यसैगरी कवि तथा समालोचक प्रभा भट्टराईले नारीवादी दृष्टिकोणले प्रस्तुत कैकेयी महाकाव्य विशिष्ट रहेको बताइन् । उहाँले भन्नुभयो, ‘रामायणको मिथकलाई आधुनिकतामा जोडिएको उत्कृष्ट महाकाव्य हो– कैकेयी ।’
शिखा बुक्सले प्रकाशनमा ल्याएको कृतिको मूल्य तीन सय रुपैयाँ रहेको छ ।
सम्बन्धित सामग्रीहरु
-
साहित्य यात्रा सगरमाथा सँगसँगै : सगरमाथा हेर्दै रचना वाचन
ओखलढुंगा, चैत २९– नयाँ वर्षको पूर्व सन्ध्यामा नयाँ वर्ष मनाउनेहरुका विभिन्न कार्यक्रमका सूची तयारी भैसके । घुमफिर, भेटघाट, वनभोज, सांस्कृतिक कार्यक्रमको आयोजनाजस्ता कार्यक्रममा नेपालीहरु व्यस्त हुन्छन् ।
-
प्याकुरेलको कथा सङ्ग्रह ‘झुल्या कागत’ विमोचन
काठमाडौं चैत २५ – कथाकार प्रमोद प्याकुरेलको पहिलो कथा सङ्ग्रह ‘झुल्याकागत’ विमोचन भएको छ ।
-
राजा सिद्धीनरसिंह मल्लले लेखेका गीतको एल्बम सार्वजनिक
काठमाडौं, चैत २४ – राजा सिद्धीनरसिंह मल्लले लेखेका ३६ वटा गीत संग्रहित गीति एल्बमको शनिबार लोकार्पण गरिएको छ ।
-
कुहिराे
मैले लगाएको चोट खप्न नसकेर आमा मैलो मजेत्रोले अाँसु पुछ्नुहुन्थ्यो । क्षयरोग सर्ने डरले व्यथा किटान भएदेखि नै आमाका लुगाहरूसम्म कसैले धुने आँट गरेनन् । सानै उमेरदेखि मेरो स्वभाव एकलकाटे थियो । साथीहरू कोहीसँग पनि घनिष्ट सम्बन्ध बनाउन सकिनँ मैले । मैले भनेको कुरामा साथीहरू असहमत हुँदा पटक पटक सिँगौरी खेलेको छु मैले ।
-
कम्युनिस्ट हुन रक्सी पिउँदा...
प्रतिदिनजस्तै भेट्ने, एउटा न एउटा कार्यक्रममा लैजाने, भाषण गर्न लगाउने, पुस्तक पढ्न दिने, रेस्टुराँमा लगरे ख्वाउने, अनि आत्मीयता प्रदर्शन गरेर वशीभूत पार्ने प्रयास गरिरहनुहुन्थ्यो । तर कतिपय कुरामा मेरो आफ्नै तौरतरिका र अडान रहन्थे । कहिलेकाहीँ तर्क गरेर उहाँका कुरा काट्ने, केही शास्त्रीय विचारका अडान राख्ने गर्दथेँ । पतलुन लाउँदैनथेँ, मदिरा पिउँदैनथेँ
-
शान्तिपूर्ण प्रदर्शनलार्इ बञ्चित गरेर सरकार तानाशाही बन्न खाेज्यो : विवेकशील साझा
काठमाडौं, वैशाख ७ – सरकारले शान्तिपूर्ण प्रदर्शनलाई बञ्चित लगाउने गरी निषेधित क्षेत्र घोषणा गरेको भन्दै विवेकशील साझा पार्टीले विरोध जनाएको छ ।
- कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित
- सुतिरहेकाे अवस्थामा चितुवाको आक्रमण, एक वृद्धा गम्भीर घाइते
- मिक्लाजुङमा हावाबाट बिजुली उत्पादनको काम सुरु
- छोरीलाई के होला यो भन्दा सुन्दर ‘बा’ को उपहार !
- वेश्यावृत्ति र पार्कमा शारीरिक सम्बन्ध राख्न खोज्ने सहित १८५ जना नेपाली युएईको जेलमा
- १३ घण्टासम्म विमानस्थलमा अलपत्र यात्रु (फोटो फिचर)
- इंग्लिस प्रिमियर लिगको शीर्ष चारमा पर्ने चेल्सीको झिनो आशा
- दीपक मनाङे कारागार चलान, तीन वर्षसम्म जेलमै रहने
- धावनमार्गमा चिप्लिएकाे विमान हटाएपछि सबै उडान र अवतरण सुरु
प्रतिक्रिया दिनुहोस