MENU

साहित्य/ कला

ujyaalo forign call inside

​कवि विप्लव प्रतीकको उपन्यास ‘अविजित’ सार्वजनिक

काठमाडौं, कात्तिक ११ – मलाई मन छ म  भएको कसैलाई थाहै नहोस 

                                      मलाई मन छ म गएको कसैलाई थाहै नहोस ।

कवि विप्लव प्रतीकका यी पंक्तिहरु वाचन गर्दै भुपेन्द्र खड्काले कार्यक्रम सुरु गरे । सँधै रात्रिकालीन जीवनले व्यस्त हुने दरबार मार्गको क्लब डेजाभूमा शनिबार दिउँसो भने भिन्न माहोल थियो । गीत संगीतले मदहोस हुने क्लबमा शनिबार भने साहित्यिक माहोल छाएको थियो । प्रसंग थियो, कवि विप्लव प्रतीकको पहिलो उपन्यास ‘अविजित’ को विमोचन समारोह ।

‘नहारेको मान्छे’ कविता संग्रह, केही फुटकर कविता, केही फ्रान्सेली  र रसियन भाषाका कवितापछि प्रतीक ‘अविजित’ माफर्त आख्यान क्षेत्रमा प्रवेश गरेका छन् । विश्वप्रसिद्ध ग्रामी विजेता डिप्लो अर्थात टमस वेस्ले पेन्ज तथा बेलायती आर एण्ड बि गायक जे सिनसमेतले प्रस्तुति दिएको क्लब डे जाभूमा विप्लव प्रतीकको उपन्यास विमोचन गर्न उपस्थित भएका थिए कांग्रेस नेता तथा चिन्तक प्रदिप गिरी, शिक्षाविद केदारभक्त माथेमा तथा वरिष्ठ कवि तथा गीतकार दुर्गालाल श्रेष्ठ । शनिबारको पुस्तक विमोचन कार्यक्रम केही पृथक शैलीमा गरिएको थियो । 

पुस्तकका बारेमा बोल्दै प्रदिप गिरीले उपन्यासले केबल यसको पात्र र लेखकको जीवन दर्शनभन्दा पनि नेपाली राजनीतिको एउटा कालखण्डलाई प्रस्तुत गरेको बताउनुभयो । उहाँले प्रतीकको उपन्यास ‘अविजित’ लाई ‘पिरियड उपन्यास’ का रुपमा चित्रण गर्न सकिने बताउनुभयो । कांग्रेस नेता गिरीले उपन्यासले २०४६ सालको जनआन्दोलनदेखि २००७ सालको प्रजातन्त्र स्थापनाको घटनालाई समेत समेटेको बताउँदै उपन्यास पाठकको मन तान्न सफल हुने बताउनुभयो । 

त्यस्तै शिक्षाविद केदारभक्त माथेमाले उपन्यासले काठमाडौं उपत्यकाको संस्कृतिलाई समेटेको बताउनुभयो । उपन्यासमा नेवारी परिकारदेखि नेवारी संस्कृतिसम्म समेटिएको छ । माथेमाले उपन्यासले पाठकलाई सुरुदेखि अन्तसम्म बाँध्न सफल भएकामे बताउनुभयो । 

कवि दुर्गालाल श्रेष्ठले आफूले थोरै मात्र पढे पनि उपन्यास चलचित्र हेरेजस्तो लागेको बताउनुभयो । साहित्यका जुन सुकै विधा भए पनि त्यसमा काव्यिक गुण हुनुपर्ने कुरा प्रतीकको उपन्यास पढेपछि थाहा भएको बताउनुभयो । भाषामा सरलता र सहजताले उपन्यासको सशक्त पक्ष भएको श्रेष्ठले बताउनुभयो । 

पुस्तक विमोचन कार्यक्रममा वरिष्ठ गायक दीप श्रेष्ठले प्रतीककै रचना रहेको कालजयी गीत ‘हर रात सपनीमा’ गाउनुभएको थियो । त्यस्तै वरिष्ठ कलाकार सुनिल थापाले उपन्यासकार प्रतीकसँगको मित्रताका बारेमा जानकारी दिनुभएको थियो । 

बुक–हिल पब्लिकेसनद्वारा प्रकाशित उपन्यास ‘अविजित’ को मूल्य ४ सय रुपैयाँ रहेको छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया