MENU

बातावरण-कृषि

Ncell Axiata
sagun

जलवायु परिवर्तनको असर कृषि, वन, हुँदै मानव स्वास्थ्यमा देखियो

काठमाडौं, कात्तिक १२ – जलवायुका परिवर्तनको असर कृषि, वन, वातवारण, जलविद्युत र मानव स्वास्थ्यमा देखिन थालेको जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनले जनाएको छ । 

काठमाडौं इन्स्टिच्युट अफ एप्लाइड साइन्सद्वारा शुक्रबारदेखि काठमाडौंमा आयोजित सम्मेलनको समापनका क्रममा शनिबार सहभागी राष्ट्रका प्रतिनिधिले जलवायु परिवर्तनको समस्या समयमै समाधान गर्न सम्बन्धित मुलुकका सरकार प्रमुखलाई सुझाव दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 

नेपाल, भारत, बंगलादेश, इरान, इटली, संयुक्तराज्य अमेरिकालगायत दुई दर्जन मुलुकका विज्ञ तथा कृषि, वातावरण विषयका झण्डै १५० विद्यार्थीले गरेका अनुसन्धानपत्र सम्मेलनमा प्रस्तुत गरिएका थिए । 

इलाममा रहेको इन्स्टिच्युट अफ एग्रीकल्चर एण्ड एनिमल साइन्समा हर्टिकल्चर विषयमा स्नातक अध्ययनरत वर्षा बास्तोलाले ‘बायो प्राइमिङ अफ सिड’ विषयमा अनुसन्धानपत्र प्रस्तुत गर्नुभएको थियो । 

कार्यक्रम आयोजक संस्था काठमाडौं इन्स्टिच्युट अफ एप्लाइड साइन्सले सहभागी राष्ट्रका प्रतिनिधिले जलवायुका क्षेत्रमा गरेको खोज अनुसन्धानबारे सम्मेलनमा भएको छलफलबाट एकआपसमा अनुभव आदानप्रदान गर्न सहयोग पुग्ने जनाएको छ । रासस

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • बाढीले बगाएर भारत पगेका १० गैँडाको उद्धार

    चितवन, मंसिर ४ – चितवन राष्ट्रिय निकुञ्जबाट गएको साउनमा आएको बाढीले बगाएर भारत पुगेका १० वटा गैँडाको उद्धार गरिएको छ । पछिल्लो पटक भारतको पिप्रासीबाट एउटा गैँडाको उद्धार गरी सोमबार बिहान चितवन ल्याई सामुदायिक वनमा छाडिएको छ ।

  • कफी आयात र निर्यातमा कमी उत्पादनमा वृद्धि

    काठमाडौं, मंसिर १ – आज १३ औं राष्ट्रिय कफी दिवस : ‘आर्थिक सम्बृद्धिको लागि गुणस्तरीय कफी उत्पादन ! सरकारी, निजी र सहकारी क्षेत्रको राष्ट्रिय अभियान’ भन्ने नाराका साथ मनाइँदैछ ।

  • हिमाली जिल्लामा हिमपात सुरु, मतदान प्रभावित हुन सक्ने आशंका

    काठमाडौं, मंसिर १ – पश्चिमी भेगका हिमाली जिल्लामा हिमपात सुरु भएको छ । हुम्लामा शुक्रबार बिहानैदेखि हिमपात भइरहेको छ । सदरमुकाम सिमकोट र उत्तरी भेगका लिमी, मुचु खगालगाउँ, स्याँडा, हेप्का लगायतका क्षेत्रमा लगातार हिउँ परिरहेको हो ।

  • तिहारका फूलमाला उम्मेदवारका गलामा

    चितवनको क्षेत्र नं. ३ बाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले घरदैलो अभियानमा हुनुहुन्छ । पञ्चेबाजासहित घरदैलो अभियान सुरु गरेका प्रचण्ड जुन घरमा पुग्नुहुन्छ, त्यही घरमा फूलमाला लगाएर स्वागत गर्नेको घुईंचो हुन्छ ।

  • चितवनमा अन्तर्राष्ट्रिय भैँसी विज्ञहरुको सम्मेलन सुरु

    चितवन, कात्तिक २९ – चितवनमा सौराहामा अन्तर्राष्ट्रिय भैँसी विज्ञहरुको सम्मेलन सुरु भएको छ । नेपालमा पहिलो पटक भएको यो सम्मेलनमा विभिन्न देशका भैँसी विज्ञहरुले सहभागिता रहेको छ ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया