MENU

बातावरण-कृषि

ujyaalo forign call inside

काठमाडौंमा हिजो बेलुका असिना–पानी, आज चिसो बढ्यो

काठमाडौं, कात्तिक १२ – काठमाडौं उपत्यकाका केही ठाउँमा शनिबार बेलुका असिना पानी परेको छ । काठमाडौंको सिनामंगल, जोरपाटी, बसुन्धारा, पेप्सीकोलासँगै भक्तपुरका केही ठाउँमा असिना पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

असिना पानी परेसँगै आइतबार बिहानको न्यूनतम तापक्रम घटेको छ । शनिबार बिहान १३ दशमलव ६ डिग्री सेल्सियस रहेको काठमाडौंको आइतबार बिहानको तापक्रम ९ दशमलव ५ डिग्री सेल्सियसमा झरेको छ ।

गएको २४ घण्टामा उपत्यकामा २६ मिलमिटर पानी परेको मौसमविद समिर श्रेष्ठले जानकारी दिनुभयो । पूर्वी नेपालको उच्च वायुमण्डलमा बनेको न्यूनचापिय क्षेत्रसँगै पश्चिमी वायुको प्रभावले देशका धेरै ठाउँमा पानी परेको उहाँले बताउनुभयो । विशेषगरी पूर्व र मध्य क्षेत्रमा पानी परेको हो ।

आइतबार पनि दिउँसोपछि केही ठाउँमा मेघगर्जसहित पानी पर्ने मौसमविद श्रेष्ठको अनुमान छ । उहाँका अनुसार विशेषरी पूर्व र मध्य क्षेत्रका केही ठाउँमा पानी पर्नेछ ।

मध्य क्षेत्रमा आइतबार बेलुकादेखि र पूर्वमा सोमबारदेखि मौसममा सुधार आउँने अनुमान गरिएको मौसमविद श्रेष्ठले बताउनुभयो । आइतबार मध्य क्षेत्रमा आशिंक बदली भएपनि पूर्वको मौसम खुल्ने संभावना नभएको उहाँले बताउनुभयो ।

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया