MENU

बातावरण-कृषि

ujyaalo forign call inside

धादिङमा असिना–पानीले धानबाली नष्ट

धादिङ, कात्तिक १२ – काट्ने बेला भएको धानबालीमा असिना पानीले क्षति गरेको छ ।  शनिबार राति हावाहुरी र पानीसँग परेको असिनले गर्दा उत्तरी धादिङको विभिन्न गाउँमा धानबाली नष्ट भएको छ ।

नेत्रावती गाउँपालिकाको कटुन्जे र मार्पाक, गंगाजमुना गाउँपालिका र नीलकण्ठ नगरपालिकाको केही भागमा समेत असिना परेको छ । धान काट्ने बेला असिना परेर खेतमै धान झरेको हो । केहीले भने काट्दै गरेका थिए तर धान सबै काटी नसकेकोले असिनाले गर्दा सखाप भएको किसानले बताएका छन् ।

काट्ने बेला भएको धानबाीमा असिना परेपछि किसान मर्कामा परेको नेत्रावती गाउँपालिकाका अध्यक्ष नारायण शाक्यले बताउनुभयो । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया