MENU

बातावरण-कृषि

Ncell Axiata

कतै असिनापानी, कतै हावा मात्रै किन ?

काठमाडौं, कात्तिक १२ – शनिबार राति काठमाडौंमा ठूलो असिनापानी प¥यो भन्ने कुरा काठमाडौंकै कतिपय बासिन्दालाई पत्यार लागेन । असिनापानी परेको ठाउँका बासिन्दाले फेसबुकमा फोटो राखेपछि मात्रै धेरैलाई अचम्म लाग्यो । केही दिनदेखि मौसम बदली भैरहेकोमा शनिबार साँझपख काठमाडौंका केही ठाउँ सहित देशका अरु भेगमा पनि असिनापानी पर्यो । मध्यपुरथिमीमा ठूलो असिनापानी पर्दा भक्तपुरकै सूर्यविनायकमा फाट्टफुट्ट मात्रै पानी पर्यो । काठमाडौं उपत्यकाकै अरु ठाउँमा हावा मात्रै चल्यो, पानी परेन ।

‘म बस्ने ठाउँ सूर्यविनायकमा अलिअलि मात्र पानी परेको बेला मध्यपुरथिमीमा बस्ने साथीले डेढफिटसम्म असिनापानी पर्यो भन्दा मलाई नै अचम्म लाग्यो’ मौसमविद विभूती पोख्रेलले भन्नुभयो, ‘केही ठाउँमा पानी पर्छ भनेर हामीले पूर्वानुमान गरेको भएपनि असिना पर्छ भनेर अनुमान गरेका थिएनौं ।’

यस्तो किन भयो त भन्ने जिज्ञासामा मौसमविद पोख्रेलले अहिलेको बदली बायुमण्डलको उच्च भागमा भएकाले यकिन अनुमान गर्न गाह्रो भएको बताउनुभयो । ‘बायुमण्डलको उच्च भागमा न्यूनचापीय क्षेत्र विकास भएको र स्थानीय वायुको समेत प्रभावले मौसममा यस्तो बदली भएको हो’ उहाँले भन्नुभयो, ‘यस्तो बेला कुनै ठाउँमा पानी पर्ने र नजिकै पर्ने अर्को ठाउँमा पानी नपर्ने हुन सक्छ ।’

आइतबार बेलुकीपख पनि केही ठाउँमा शनिबारजस्तै असिनापानी पर्न सक्ने उहाँको भनाई छ । 

तस्बिर  : नागरिक दैनिकका पत्रकार केपी ढुंगानाको फेसबुकबाट

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया