MENU

बातावरण-कृषि

Ncell Axiata
sagun

असिनाले तरकारी र धान बाली नष्ट

भक्तपुर, कात्तिक १२ – गएराति परेको असिना पानीले भक्तपुरको धान र तरकारी बाली नष्ट गरेको छ । असिनाका कारण मध्यपुरथिमि क्षेत्रमा ५० लाख रुपैयाँ भन्दा बढीको तरकारी नष्ट भएको जिल्ला कृषि विकास कार्यालय भक्तपुरका सूचना अधिकारी किरण सिग्देलले बताउनुभयो । मध्यपुरथिमिमा लगाइएको तरकारी मध्ये ५० प्रतिशत भन्दा बढी तरकारी नष्ट भएको उहाँले बताउनुभयो । 

बिक्रिका लागि तयारी अवस्थामा रहेको तरकारी बिक्रि गर्नै नमिल्ने गरी नष्ट भएको बताउदै उहाँले तरकारी नष्ट भएपछि किसानहरु सेवा केन्द्र र कार्यालयमा डेलिकेशन आएको जानकारी दिनुभयो । 

कार्यालयका अनुसार झौखेलमा पनि ५० प्रतिशत तरकारी नष्ट भएको छ । झौखेलमा ३० प्रतिशत धान असिनाले नष्ट पारेको छ । विशेषगरी झौखेर र थिमिमा बाक्लो असिना परेको र नोक्सान भएको सूचना अधिकारी सिग्देलले जानकारी दिनुभयो ।

जिल्लाको अन्य क्षेत्रमा भने बाक्लो असिना नपरेको र किसानबाट गुनासो पनि नआएको बताउँदै उहाँले कार्यालयले असिना पानीले अन्न बाली र तरकारीमा पुर्याएको नोक्सानकोबारेमा जिल्लाका सबै सेवा केन्द्र मार्फत विवरण संकलन कार्य सुरु गरेको बताउनुभयो । 

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • बाढीले बगाएर भारत पगेका १० गैँडाको उद्धार

    चितवन, मंसिर ४ – चितवन राष्ट्रिय निकुञ्जबाट गएको साउनमा आएको बाढीले बगाएर भारत पुगेका १० वटा गैँडाको उद्धार गरिएको छ । पछिल्लो पटक भारतको पिप्रासीबाट एउटा गैँडाको उद्धार गरी सोमबार बिहान चितवन ल्याई सामुदायिक वनमा छाडिएको छ ।

  • कफी आयात र निर्यातमा कमी उत्पादनमा वृद्धि

    काठमाडौं, मंसिर १ – आज १३ औं राष्ट्रिय कफी दिवस : ‘आर्थिक सम्बृद्धिको लागि गुणस्तरीय कफी उत्पादन ! सरकारी, निजी र सहकारी क्षेत्रको राष्ट्रिय अभियान’ भन्ने नाराका साथ मनाइँदैछ ।

  • हिमाली जिल्लामा हिमपात सुरु, मतदान प्रभावित हुन सक्ने आशंका

    काठमाडौं, मंसिर १ – पश्चिमी भेगका हिमाली जिल्लामा हिमपात सुरु भएको छ । हुम्लामा शुक्रबार बिहानैदेखि हिमपात भइरहेको छ । सदरमुकाम सिमकोट र उत्तरी भेगका लिमी, मुचु खगालगाउँ, स्याँडा, हेप्का लगायतका क्षेत्रमा लगातार हिउँ परिरहेको हो ।

  • तिहारका फूलमाला उम्मेदवारका गलामा

    चितवनको क्षेत्र नं. ३ बाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले घरदैलो अभियानमा हुनुहुन्छ । पञ्चेबाजासहित घरदैलो अभियान सुरु गरेका प्रचण्ड जुन घरमा पुग्नुहुन्छ, त्यही घरमा फूलमाला लगाएर स्वागत गर्नेको घुईंचो हुन्छ ।

  • चितवनमा अन्तर्राष्ट्रिय भैँसी विज्ञहरुको सम्मेलन सुरु

    चितवन, कात्तिक २९ – चितवनमा सौराहामा अन्तर्राष्ट्रिय भैँसी विज्ञहरुको सम्मेलन सुरु भएको छ । नेपालमा पहिलो पटक भएको यो सम्मेलनमा विभिन्न देशका भैँसी विज्ञहरुले सहभागिता रहेको छ ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया