MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata
sagun

चार वर्षीय बेलायती राजकुमार जर्ज आइएसको ‘हिट लिस्ट’ मा

कात्तिक १३ – चार वर्षीय बेलायती राजकुमार जर्जलाई आतंककारी संगठन आइएसआइएसबाट धम्की आएको छ । राजकुमार जर्ज राजकुमार विलियम र राजकुमारी केटका छोरा हुनुहुन्छ ।

बेलायती सञ्चारमाध्यमले जनाए अनुसार टेलिग्राममा आइएसले राजकुमार जर्जको तस्बिर सार्वजनिक गरेको छ । बेलायती सञ्चार माध्यमले राजकुमार जर्जको नाम आइएसको हिट लिस्टमा रहेको जनाएका छन् । राजकुमार जर्ज भर्खरै मात्र विद्यालय जान लाग्नुभएको हो । 

बेलायतको पत्रिका ‘स्टार सन्डे’ का अनुसार इस्लामिक स्टेटले सामाजिक सञ्जालमा राजकुमार जर्जको तस्बिर सार्वजनिक गर्दै लेखेको छ, ‘स्कूल स्टार्ट्स अर्ली ।’  सन् २०१५ मा आइएसले बेलायती महारानीको ज्यान लिने धम्की दिएको थियो । पछिल्लो महिना मात्रै राजकुमार ह्यारीलाई आइएसले धम्की दिएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया