MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata
sagun

​अब फुटबल हेर्न रंगशाला जान पाउने भए साउदी महिला

कात्तिक १३ – साउदी अरेबियाका महिला अब फुटबल मैदानमा जान पाउने भएका छन् । 

साउदी सरकारले पहिलो पटक फुटबल स्टेडियममा महिलालाई जाने अनुमति दिन लागेको हो । अर्को वर्षदेखि महिलाले  परिवारसँग फुटबल प्रतियोगिता स्टेडियममा गएर नै हेर्न पाउने बिबिसीले जनाएको छ । त्यसका लागि तयारी भइरहेको साउदी सरकारले जनाएको छ । 

यसअघि साउदी सरकारले महिलालाई गाडी चलाउन अनुमति दिएको थियो ।  साउदीमा महिलामाथि लगाएको विभिन्न प्रतिबन्ध विस्तारै खुकलो हुँदै गएको छ ।

साउदी सरकार पछिल्लो समयमा महिलाको अधिकारलाई सुनिश्चित गर्न अग्रसर भएको छ । यसको श्रेय क्राउन प्रिन्स मोहम्मद बिन सलमानलाई जाने खबरमा उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया