MENU

विचार/अनुभूति

Ncell Axiata

​ भूकम्प पीडितका लागि मेरा दुई मुख्य एजेण्डा छन्

-युवराज भुसाल 

मेरो मान्यता सबैभन्दा पहिला भोकोलाई खाना दिनु हो । त्यसपछि मात्र कहाँ सुत्ने र के ओढ्ने भनेर सोच्न सकिन्छ । हामी भूकम्पपछिको पुनर्निर्माणको चरणमा छाैं । त्यसैले पहिलो आवश्यकता अस्थाई टहरा र पालमा बस्नुभएका भूकम्प प्रभावितलाई छानामुनी राख्नुपर्ने छ । भूकम्पले घरबास बिहीन हुनुभएका दाजुभाई दिदिबहिनीको आँसु पुच्छ्नुपर्ने मुख्य दायित्व छ । उहाँहरु झण्डै तीस महिनादेखि घामपानी, हुरीबताससँग जुध्दै आउनुभएको छ । त्यसैले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको नेतृत्व पाएलगत्तै मेरा दुई मुख्य एजेण्डा छन् । पहिलो त आउँदो माघ दुई गते राष्ट्रिय भूकम्प सुरक्षा दिवस सम्म देखिने गरी काम गर्नु अनि मनसुन अगावै जेठ मसान्त सम्म सबैलाई घरभित्र बसाउनु ।

मेरा सामु पनि घर बनाउनु जत्तिकै चुनौती छन् । जस्तो कि एउटा घर बनाउन नागरिकले पैसाको जोहोदेखि सिकर्मी डकर्मी, निर्माण सामग्री, नक्साको मापदण्ड, प्राविधिकको सल्लाह सुझाव पालना गर्नुपर्ने बाध्यता छ । त्यसैगरी प्राधिकरणले प्राविधिकको सहज व्यवस्था, रकम भुक्तानी, ऋण लिने र दिने व्यवस्था सहज बनाउनुपर्ने वा वैकल्पिक व्यवस्था खोज्नुपर्ने आवश्यकता छ । 

आशा छ, हिउँद लागिसकेकाले पक्कै पनि अव घर बनाउने कामको थालनी हुन्छ । चाडपर्व र अरु काम सकेर फुर्सदको समय पनि छ । घर बनाउने बेला पनि यही नै हो । त्यसैले सबैले घर बनाउन थाल्नुहुन्छ भन्ने हाम्रो मान्यता छ । सके त शतप्रतिशत, नभएपनि ६० प्रतिशत प्रभावितलाई मनसुन अगाडि घर भित्र पसाल्ने मिसन अनुसार काम सुरु भएको छ ।

हामीले पुनर्निर्माणको काममा ढिलासुस्ती र अलपत्र रह्यो भनिरहेका छौं । सबैभन्दा जटिल पक्ष घर किन बनेनन् र बनेकाले किन अनुदानको पैसा पाएनन् ? सोच्नुपर्ने छ । मैले देखेको छु प्राविधिक इन्जिनियरको अभाव हटाएर मात्रै पुनर्निर्माणको मुख्य समस्या समाधान गर्न सकिन्छ । स्थानीय तहमा प्राविधिक इन्जिनियर नपुगेकै कारण घर बन्न नसकेको एउटा अवस्था हो । जतिसक्यो छिटो स्थानीय तहमा प्राविधिक इन्जिनियर पु¥याउने हो भने घर पनि बन्छन् अनि बनेका घरको मापदण्ड हेरेर अनुदान पनि दिन सकिन्छ । यसका लागि बढिमा मंसिर मसान्तभित्रै सके वडा तहसम्मै नभए हरेक स्थानीय तहमा प्राविधिक इन्जिनियर पुर्‍याउने योजनाका साथ मैले कामको थालनी गरेको छु । 

सकेसम्म जुन गाउँपालिकामा प्राविधिक इन्जिनियर छैनन् वा पुगेका छैनन् त्यहीँकै र बाहिरबाट आउने भएपनि कुन गाउँपालिकामा गएर काम गर्ने हो भन्ने टुंगो लगाएर मात्रै राख्ने मोडल अपनाउने तयारी छ । यसो गर्न सके सदरमुकाम र काठमाडौं उपत्यका रोज्ने र सुगममा मात्रै बस्ने नियत हुनेछैन । उनीहरुले गाउँपालिका वा नगरपालिकाको प्रत्यक्ष रेखदेख, नियन्त्रण र निर्देशनमा बसेर काम गर्नेछन् । 

स्थानीय तहमा बसेर भूकम्प प्रभावितलाई बुझाउने, घरका नमुना र नक्सापासदेखि अनुदान वितरण हुनेछ । प्राविधिकको पहुँच पुगेपछि घर बनाउन थालनी नै नगरेकाले घर बनाउन सुरु गर्छन् । जसले पहिलो किस्ता ५० हजार लैसक्नुभएको छ, घरको जग पनि बसाल्नुभयो उहाँहरुको घर प्रमाणिकरण गरेर दोस्रो किस्ता वितरण हुन्छ । घर बनाइसकेको भए त मापदण्ड पूरा भए तेस्रो किस्ता पनि जान्छ । यो प्राविधिक इन्जिनियरबाट हुने काम भयो । 

दोस्रो पक्ष घरको ३५ वटा नमुना छ । यी नमुना अनुसार घर बनाउन हामीले भन्दै पनि आउका छौं । सरकारी अनुदान लिन भूकम्प प्रतिरोधी घर अनिवार्य छ । हामीले दिएकै नमुना डिजाइन भए पनि नभएपनि प्राविधिकले भूकम्प प्रतिरोधी हो भनिदिए अनुदान दिन सकिन्छ । घर त व्यक्तिगत आवश्यकता अनुसार पनि बनाउन सकिन्छ ।

गाउँगाउँमा बैंक तथा वित्तिय संस्थाका शाखा नपुग्दा अर्को समस्या छ । बैंकर्स एसोसिएसनको टिमसँग गाउँगाउँमा बैंकका शाखा खोल्नेबारे छलफल गरी कसरी भूकम्प प्रभावितले सजिलो गरी पैसा लिन सक्नुहुन्छ भनेर उपाय समेत खोजिनेछ । म यो योजना अनुसार अघि बढिरहेको छु ।

घर बनाउन २ लाख रुपैयाँ पनि खर्च हुन्छ करोड खर्च गरेर पनि बनाउन सकिन्छ । गाउँघरमा बनाउने घर दुई तीन लाख रुपैयाँमै पनि बन्छन् भन्ने कुरा मलाई पनि लाग्छ । अरु धेरैथोरै थपथाप पनि गरेर घर बनाउन पर्न सक्छ । तर सरकारले दिन्छु भनेको पैसा नागरिकले पाउनुपर्छ । त्यसका लागि दुःख किन दिइरहने ? सकेसम्म प्रकृया सहज गर्न सकिन्छ । मेरो ध्यान पनि त्यतैतिर केन्द्रित छ । अनि भूकम्प प्रभावितका घर पनि बन्छन् । घर बनाउन आवश्यक अनुदान बाहेकको पैसाका लागि ऋण लिन सक्ने गरी पहल गर्ने योजना छ । यसका लागि सामुहिक जमानीको तीन लाख रुपैयाँ ऋणलाई सहजै लिने व्यवस्था मिलाउने वा बैकल्पीक उपाय खोज्नेछु । सकेसम्म स्थानीय तहसँगै सहकार्य गरेर ऋण प्रकृया अघि बढाइनेछ ।

हाम्रा जिल्लामा समन्वय समिति छन् । जिल्लामा पुगेर अन्तरक्रिया गरी नियमित छलफल हुनेछ । के काम भैरहेको छ, समस्या र चुनौती के हुन् ? पहिल्याएर समाधानका उपाय खोजिनेछ । प्रतिवद्धता मात्रै होइन काम पनि यसै अनुसार हुन्छ । धेरैलाई लाग्न सक्छ प्राधिकरणको संरचनाबाट कसरी पुनर्निर्माण होला ? तर पुनर्निर्माणको काम अगाडि बढाउने मेरो योजनामा कर्मचारीतन्त्रबाट पक्कै असहयोग नहोला । 

म तीन दशक भन्दा लामो समय कर्मचारीतन्त्रमै काम गरेको हुनाले कहाँ कस्ता समस्या आउँछन् भनेर धेरैथोरै ज्ञान पनि छ । समस्याको गाँठो कसरी फुकाउन सकिन्छ भन्ने आइडिया पनि छ । मैले यहाँका कर्मचारीलाई पनि भनिसकेको छु हामीले भूकम्प प्रभावितको आँसु पुच्छ्नु छ । यदि तपाईंले प्राधिकरणमा राम्रोसँग काम गर्न सक्नुभएको छैन वा चाहानुहुन्न भने कहाँ सरुवा हुन चाहानुहुन्छ भन्नुस् मैले सहयोग गर्छु । 

मेरो अठोट असारभित्रै सबैलाई नयाँ घरभित्र बस्ने वातावरण बनाउनु हो । त्यही मिसनलाई केन्द्रबिन्दुमा राखेर मैले काम थालेको छु । यो मिसन सफल बनाउन सम्पूर्ण सरोकार पक्ष, मन्त्रालयगत कार्यान्वयन इकाई, स्थानीय सरकार, कर्मचारी र भूकम्प प्रभावितको पनि सहयोग आवश्यक छ । प्राधिकरणमा सपथ ग्रहणको व्यवस्था भए त मैले सार्वजनिक रुपमै कसम खान्थे । तर पनि पदभार गर्दै गर्दा कालिकास्थान भगवतीसँग सपथ खाएर आएको छु । मैले पुनर्निर्माणको काममा सकेजति राम्रो गर्नेछु । 

( राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत भुसालसँग मदन पौड्यालले गरेको कुराकानीमा आधारित)

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • बन्दी चेतनाको ‘जाँच प्रयोग’

    “यहाँ अहिले हामी ६ सय ६८ जना छौं” – एक परिचित युवा बन्दीले सुस्तरी कानमा भने । राणाकालमा बनेको दुईतले एउटा भवन नजिकै ठाउँ–ठाउँमा चिराचिरा परेर कमजोर हालतमा उभिएको थियो । त्यसकै कापमा एउटा सानो गल्ली जस्तोमा चिया पाकिरहेको थियो शायद, बन्दीहरु त्यतैबाट तातो चियाका गिलास लिँदै निस्किरहेका थिए ।

  • नेपालमा चीनको स्वार्थ

    कैयौँ पटक ‘नेपालको सार्वभौमसत्ता रक्षाका लागि’ चीनले सहयोग गर्ने भन्ने गरिएको छ बेइजिङ्गबाट । कूटनीतिक दृष्टिले यो अत्यन्तै गम्भीर अभिव्यक्ति हो । यसको अर्थ नेपालको सर्वभौमसत्ता गुम्ने र नेपालको अस्तित्व नै नरहने खतरा छ भनेर चीनले विश्लेषण गरेको हो भनेर बुझ्नु पर्ने हुन्छ ।

  • आँखाको क्यान्सर कति खतरनाक ?

    एक दशक अगाडि अलि कम र अहिलेको दशकमा एकदम धेरै सुनेको रोग क्यान्सर हो । शरीरको विभिन्न अंगहरु फोक्सो, आन्द्रा, कलेजो, पाठेघर, स्तनलगायतमा क्यान्सर भए जस्तै आँखामा पनि क्यान्सर हुन्छ । अरु क्यान्सरमा भन्दा यो क्यान्सर हुने जोखिमयुक्त कारक तत्वहरु फरक छन् ।

  • ओलीका अघिल्तिर कति धेरै अवसर ?

    बोले अनुसार काम थाल्ने हो भने वाम गठबन्धनको सरकारका सामु चुनौती थोरै र अवसरहरु कता हो कता धेरै छन् । अब बन्ने सरकारका लागि सबैभन्दा ठूलो अवसर विकासलाई तल्लो तहसम्म पुर्यासउने संरचना तयार छ । स्थानीय तहको चुनावपछि विकासलाई नागरिकको घर दैलोसम्म पुर्याउने जनप्रतिनिधिहरु चुनिएर अहिले काममा छन, तर देखाउने काम नपाएर कामका अवसरको खोजीमा छन ।

  • चुनाव सम्पन्न गराउनु ठूलो उपलब्धि : देउवा

    मेरो नेतृत्वमा सरकार गठन भएपछि जनताको सरोकारका विषयलाई केन्द्रमा राखेर निर्णयहरु भएका छन् । विशेषगरी स्वास्थ्य शिक्षा क्षेत्रमा देखिएका विकृतिहरु नियन्त्रण गर्न चिकित्सा शिक्षा आयोगको अध्यादेश जारी गरिएको छ । जनताको स्वास्थ्यसँग सरोकार राख्ने चिकित्सा शिक्षा व्यापारको विषय होइन ।

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया