MENU

विज्ञान प्रविधि

Ncell Axiata
sagun

सन् २०१६ मा विश्वको वायुमण्डलमा कार्बनडाइअक्साइडको मात्रा अहिलेसम्मकै उच्च

काठमाडौं, कात्तिक १३ गतवर्ष विश्वको वायुमण्डलमा कार्बनडाइअक्साइडको मात्रा अहिलेसम्मकै उच्च रहेको पाइएको छ । विश्व मौसम संघ डब्लुएमओका अनुसार सन् २०१६ मा वायुमण्डलमा कार्बनडाइअक्साइडको मात्रा ४ सय ३ दशमलव ३ पिपिएम पुगेको हो । 

सन् २०१५ मा वायुमण्डमा कार्बनडाइअक्साइडको मात्रा ४ सय पिपिएम थियो । यो वृद्धि गएको १० वर्षको औषत वृद्धिको ५० प्रतिशत उच्च रहेको डब्लुएमओले जनाएको छ । 

मानवीय गतिविधि साथै एल निनोको प्रभावका कारण कार्बनडाइअक्साइडको मात्रा गएको ८ लाख वर्ष यताकै उच्च भएको हो । डब्लुएमओले ५१ वटा देशमा गरेको अध्ययनबाट निष्कर्ष निकालेको हो । 

कार्बनडाइअक्साइडको मात्रा बढेसँगै विश्वको तापमान बढ्न नदिने लक्ष्य पूरा गर्न कठिन भएको छ । यस्तै वायुमण्डलमा तापक्रम वृद्धि गराउने मिथेन ग्यासको मात्रा पनि उच्च दरमा बढेकोमा वैज्ञानिकले चिन्ता व्यक्त गरेका छन् । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया