MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata
sagun

सेनामा तेस्रो लिंगीलाई प्रतिबन्ध लगाउने ट्रम्पको प्रयास असफल

कात्तिक १४ – अमेरिकाको एक संघीय अदालतले अमेरिकी सेनामा तेस्रो लिंगी समुदायले काम गर्न नपाउने गरी लगाएको प्रतिबन्ध तत्काल कार्यान्वयन गर्न नपाउने गरी रोक लगाएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले तेस्रो लिंगी समुदायमाथि सेनामा काम गर्न नपाउने गरी प्रतिबन्ध निर्णय गर्नुभएको थियो । तर जिल्ला न्यायाधीश कोलिन कोल्लार–कोटेलीले ट्रम्पले प्रेसिडेन्सियल मेमो मार्फत सेनामा तेस्रो लिंगीमाथि प्रतिबन्ध लगाउने गरी ल्याएको नियम कार्यान्वयन तत्कालका लागि रोक लगाउने सैफला सुनाउनुभएको हो ।

ट्रम्पले पूर्व राष्ट्रपति बाराक ओबामाले तेस्रो लिंगीले सेनामा रहेर काम गर्न पाउने गरी ल्याएको नियमको प्रतिस्थापनका लागि प्रेसिडेन्सियल मेमो जारी गर्नुभएको थियो । त्यस विरुद्ध गएको अगस्टमा अदालतमा मुद्दा दायर भएको थियो ।

अदालतको फैसलासँगै तत्कालका लागि अमेरिकी सेनामा रहेका तेस्रो लिंगीले आफ्नो यौनिक परिचय खुलाएर पनि सेवा गर्न पाउने भएका छन् भने नयाँ भर्नामा पनि तेस्रो लिंगीले अवसर पाउने छन् । राष्ट्रपति ट्रम्पले तेस्रो लिंगी समुदायले सेनामा कुनै पनि पदमा रहेर काम गर्न नसक्ने आरोप लागउने गर्नुभएको छ ।

ट्रम्पले तेस्रो लिंगीका कारण सेनामा स्वास्थ्य खर्च निकै बढ्ने तथा विभिन्न खालको अवरोध आउने भएकाले उनीहरुलाई सेनामा काम गर्न नदिइने बताउनुभएको थियो । अघिल्लो वर्ष त्यसबेलाका राष्ट्रपति बाराक ओबामाले तेस्रो लिंगी समुदायलाई सेनामा खुला रुपमा काम गर्न पाउने व्यवस्था लागु गर्नुभएको थियो । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया