MENU

समाज

काठ अभावमा पुनर्निर्माणमा अवरोध आउन नदिन निर्देशन

काठमाडौं, कात्तिक १४ – काठका कारण पुनर्निर्माणमा अवरोध आउन नदिन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले वन मन्त्रालय र अन्तर्गतका निकायलाई निर्देशन दिएको छ । 

वन मन्त्रालय, वन विभाग र टिम्बर कर्पोरेशन अफ नेपालका अधिकारीसँग सोमबार भएको छलफलमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले पुनर्निर्माणका लागि सहज रुपमा काठ बिक्री वितरणको व्यवस्था मिलाउन अनुरोध गर्नुभयो । 

जिल्लामा प्रमुख जिल्ला अधिकारको अध्यक्षतामा रहने आपूर्ति व्यवस्था समितिलाई सक्रिय बनाउन र भूकम्पप्रभावित जिल्लामा घुम्ती चिरानी मेसिन स्थापना गर्नेलगायत काम तत्काल गर्न पनि उहाँले मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो । 

कार्यक्रममा मन्त्रालयका सहसचिव चन्द्रमान डंगोल, विभागका महानिर्देशक कृष्णप्रसाद आचार्य र टिम्बर कर्पोरेशनका महाप्रबन्धक राजु लौडारीले काठकै कारण पुनर्निर्माण प्रभावित हुन नदिने प्रतिबद्धता जनाउनुभयो । रासस

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया