MENU

बातावरण-कृषि

Ncell Axiata
sagun

काठमाडौं उपत्यकासहित मध्य क्षेत्रमा वर्षा

काठमाडौं, कात्तिक १४ – काठमाडौं उपत्यकासहित मध्य क्षेत्रका धेरै ठाउँमा अहिले पानी परिरहेको छ । सिमरा, चितवन, काठमाडौं लगायतका मध्य क्षेत्रका धेरै ठाउँमा अहिले पानी परिरहेको मौसमविद वरुण पौडेलले बताउनुभयो । ।

उहाँका अनुसार अहिले पानी परिरेहको ठाउँमा एकैछिनमा पानी पर्न रोकिए पनि मंगलबार मध्य क्षेत्रको मौसम पूर्ण रुपमा खुल्ने संभावना छैन । पश्चिमी वायुको प्रभावले अहिले पानी परेको उहाँले जानकारी दिनुभयो । मंगलबार पूर्व र पश्चिमको पहाडी भूभाग र मध्य क्षेत्रको मौसम आशिंक बदली हुने उहाँको अनुमान छ ।

यसैबिच मनसुनपछिको अवस्था भएकाले पूर्वी वायुको थोरै प्रभाव र पश्चिमी वायु पुरै सक्रिय हुन नसक्दा अबको केही दिन मौसम खुल्दै बदली हुने मौसमविद पौडेलले बताउनुभयो । उहाँका अनुसार अब विस्तारै बिहान बेलुका हुस्सु तथा कुहिरो लागेर चिसो बढ्नेछ भने दिउँसो पारिलो घाम लाग्नेछ ।

मंगलबार बिहान १२ डिग्री सेल्सियस रहेको काठमाडौंको न्यूनतम तापक्रम सोमबार ९ दशमलव २ डिग्री सेल्सियस थियो । राति बादल लागेकाले तापक्रम नघटेको मौसमविद् राजु प्रधानाङगले जानकारी दिनुभयो । उहाँका अनुसार राति बादल लाग्दा जमिन चिसिन पाउँदैन । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • बाढीले बगाएर भारत पगेका १० गैँडाको उद्धार

    चितवन, मंसिर ४ – चितवन राष्ट्रिय निकुञ्जबाट गएको साउनमा आएको बाढीले बगाएर भारत पुगेका १० वटा गैँडाको उद्धार गरिएको छ । पछिल्लो पटक भारतको पिप्रासीबाट एउटा गैँडाको उद्धार गरी सोमबार बिहान चितवन ल्याई सामुदायिक वनमा छाडिएको छ ।

  • कफी आयात र निर्यातमा कमी उत्पादनमा वृद्धि

    काठमाडौं, मंसिर १ – आज १३ औं राष्ट्रिय कफी दिवस : ‘आर्थिक सम्बृद्धिको लागि गुणस्तरीय कफी उत्पादन ! सरकारी, निजी र सहकारी क्षेत्रको राष्ट्रिय अभियान’ भन्ने नाराका साथ मनाइँदैछ ।

  • हिमाली जिल्लामा हिमपात सुरु, मतदान प्रभावित हुन सक्ने आशंका

    काठमाडौं, मंसिर १ – पश्चिमी भेगका हिमाली जिल्लामा हिमपात सुरु भएको छ । हुम्लामा शुक्रबार बिहानैदेखि हिमपात भइरहेको छ । सदरमुकाम सिमकोट र उत्तरी भेगका लिमी, मुचु खगालगाउँ, स्याँडा, हेप्का लगायतका क्षेत्रमा लगातार हिउँ परिरहेको हो ।

  • तिहारका फूलमाला उम्मेदवारका गलामा

    चितवनको क्षेत्र नं. ३ बाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले घरदैलो अभियानमा हुनुहुन्छ । पञ्चेबाजासहित घरदैलो अभियान सुरु गरेका प्रचण्ड जुन घरमा पुग्नुहुन्छ, त्यही घरमा फूलमाला लगाएर स्वागत गर्नेको घुईंचो हुन्छ ।

  • चितवनमा अन्तर्राष्ट्रिय भैँसी विज्ञहरुको सम्मेलन सुरु

    चितवन, कात्तिक २९ – चितवनमा सौराहामा अन्तर्राष्ट्रिय भैँसी विज्ञहरुको सम्मेलन सुरु भएको छ । नेपालमा पहिलो पटक भएको यो सम्मेलनमा विभिन्न देशका भैँसी विज्ञहरुले सहभागिता रहेको छ ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया