MENU

बातावरण-कृषि

Ncell Axiata

आलुको नगरकोट ब्राण्ड

भक्तपुर, कात्तिक १४ – प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्र्तगत भक्तपुरमा आलु जोनका रुपमा रहेका क्षेत्रलाई आलूको ब्राण्ड बनाई बजार व्यवस्थापन गर्न यहाँका किसान जुटेका छन् । 

किसानकै सक्रियतामा आलु जोन समिति गठन गरी १ हजार ४ सय ७० जना किसानको १ सय ४२ हेक्टर कृषियोग्य जमिनमा सामूहिक खेती सुरु भएपछि कृषकहरु आफैँ आलुको ब्राण्ड निर्माण गरी बजारको व्यवस्थापनमा समेत जुटेका हुन् ।  

परियोजना अन्र्तगत सुडाल र ताथलीलाई गएको वर्ष आलु जोन घोषणा गरेसँगै किसान यसतर्फ आकर्षित भएका छन् । दश वर्षे परियोजना अन्र्तगत नगरकोट नगरपालिकाको सुडाल, ताथली, बागेश्वरी लगायत स्थानमा ५ सय हेक्टर क्षेत्रफलमा व्यावसायिक आलु खेती गर्ने लक्ष्य राख्दै आलु खेतीलाई आधुनिकीकरण गरी ब्राण्ड बनाएर बजार व्यवस्थापन गरिने भएका हो । 

चाँगुनारायण नगरपालिका सुडाल, ताथली र बागेश्वरी आलु उत्पादनको लागि प्रसिद्ध छ । सरकारले गत आव ०७३÷०७४ मा आलु जोन परियोजनाका लागि ९६ लाख रुपैयाँ खर्च गरेकोे थियो । 

समिति अन्र्तगतका किसानले उत्पादन गरेको आलुको ब्राण्ड समेत जुराईसकेको समितिका संयोजक भानु पराजलीले बताउनुभयो । ‘यहाँ उत्पादन गरिएको आलुलाई आधुनिकीकरण र व्यवसायीकरण गर्नका लागि आलुको ब्राण्ड निर्माणको तयारी गरेका छौं’,उहाँले भन्नुभयो,–‘अब यहाँको आलु नेपालभर नगरकोट आलुका नाममा परिचित हुनेछ।’

परियोजनाले आलु उत्पादन, प्रशोधन र विविधिकरण गर्न ‘कष्टम हायरिङ्ग सेन्टर’ र पोष्ट हार्वेष्टिङ्ग’ का लागि चारकोठे भवन निर्माणका लागि किसानलाई अनुदान प्रदान गर्न लागेको आलु जोन परियोजना भक्तपरका इकाई प्रमुख किशोर पराजुलीले जानकारी दिनुभयो । 

किसानहरु संगठित भई व्यवसायिक कृषि प्रणाली सञ्चालन गर्न, बजार व्यवस्थापन गर्न र आलुको ब्राण्ड निर्माण गर्नका लागि चालु आर्थिक वर्षमा सरकारले परियोजनालाई १ करोड ९६ लाख विनियोजन गरेको उहाँले जानकारी दिनुभयो । कार्यक्रम अन्र्तगत समुदाय परिचालनका लागि ५२ लाख निःसर्त पूजिगत अनुदान र १५ लाख निःसर्त चालुगत पुँजी विनियोजन भएको पराजुलीले बताउनुभयो ।

विनियोजित रकममध्ये किसानले १० लाख साना सिंचाईका लागि खर्च गर्नुपर्नेछ । १५ लाख रकमबाट किसानका लागि चारवटा एकिकृत शत्रु जिव तालिम सञ्चालन भइरहेको छ । कूल लागतको १५ प्रतिशत किसानले खर्च गर्ने र ८५ प्रतिशत अनुदान पाउने गरि किसानले उत्पादन गरेको आलुको ग्रेडिङ्ग र बासिङ्ग गर्ने मेसिन राख्ने ‘पोष्ट हार्वेटि¨ सेन्टर’ को चारकोठे भवन निर्माणको तयारी भईरहेको संयोजक पराजलीले जानकारी दिनुभयो । किसानले ५० प्रतिशत अनुदान रकमबाट ‘कष्टम हायरिङ्ग सेन्टर’ समेत निर्माण गर्नेभएका छन् । कष्टम सेन्टरमा किसानहरुको माग बमोजिमका आधुनिक कृषि मेसिन औजार ५० प्रतिशत सहुलियतमा भाडामा दिने व्यवस्था गरिने भएको छ । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया