MENU

समाज

ujyaalo forign call inside

प्रतिक्रियावादी राज्यसत्ता भन्दै गाडी चढे बालकृष्ण ढुंगेल

नारायण अधिकारी/उज्यालो ।

काठमाडौं, कात्तिक १४ – प्रहरीले पक्राउ गरेका माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई डिल्लीबजार कारागार चलान गरिएको छ । मंगलबार बिहान सातदोबाटोबाट पक्राउ परेका नेता ढुंगेललाई जिल्ला अदालत काठमाडौंले फैसला कार्यान्वयनका लागि डिल्लीबजार कारागार पठाएको हो । ढुंगेललाई दोषी ठहर गरेको फैसला जिल्ला अदालत ओखलढुंगाबाट फ्याक्समार्फत मगाएर छलफलपछि काठमाडौं जिल्ला अदालतले ढुंगेललाई डिल्लीबजार कारागार पठाएको छ । 

ढुंगेललाई कडा सुरक्षा घेराकाबिच अदालत पेश गरिएको थियो । ढुंगेललाई ११ बजे पक्राउ गरेर झण्डै साढे ११ बजे अदालत पुर्‍याइएको थियो । झण्डै साढे तीन घण्टाको छलफल र जिल्ला अदालत ओखलढुंगाको फैसलाको फ्याक्स आएपछि ढुंगेललाई डिल्लीबजार कारागार चलाउने तयारी भयो । कडा सुरक्षाका बिच कारागार लैजान लागेका बेला सचारकर्मीसँग ढुंगेलले संक्षिप्त प्रतिक्रिया दिन लागेका थिए प्रहरीले उनलाई भ्यानमा हाले । ढुंगेलले गाडी चढ्दाचढ्दै प्रतिक्रियावादी राज्य सत्तासम्म भन्न भ्याए । गणतन्त्रका लागि आफू लडे पनि अहिलेको राज्यसत्ता प्रतिक्रियावादी भएकाले यो स्थिती आएको उनको भनाइ थियो । 

माओवादी केन्द्रका पूर्वसभासदसमेत रहेका ढुंगेललाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सिआइबीले मंगलबार बिहान ११ बजे ललितपुरको सातदोबाटोबाट पक्राउ गरेको थियो । चार जना सादा पोशाकमा आएका प्रहरीले हाम्रो अफिस जानु पर्‍यो भदै ढुंगेललाई गाडीमा हालेका थिए । जिल्ला अदालत काठमाडौंको फैसला कार्यान्वयन इकाईमा ढुंगेललाई उभ्याइयो र साढे २ बजे अदालतबाट डिल्लीबजार कारागार चलान गरियो । 

ढुंगेल ओखलढुंगाबासी उज्जनकुमार श्रेष्ठको हत्यामा दोषी ठहर भएका थिए । उज्जनकुमार श्रेष्ठको २०५५ साल असार १० गते हत्या भएको थियो । श्रेष्ठको हत्यामा ढुंगेलको हात रहेको ठहर गर्दै जिल्ला अदालत ओखलढुंगाले ढुंगेललाई सर्वश्वसहित जन्मकैदको फैसला सुनायो । जिल्ला अदालतको फैसला पुनरावेदन अदालत राजविराजले उल्ट्यायो । पछि सर्वोच्चले २०६६ पुस १९ गते जिल्ला अदालत ओखलढुंगाको फैसला सदर गरेको थियो । 

सर्वोच्च अदालतले नेता ढुंगेललाई दोषी ठहर गरेर सर्वश्वसहित जन्मकैदको फैसला सुनाएपछि उनी फरार थिए । दोषी ठहर गरेका ढुंगेललाई प्रहरीले पक्राउ नगरेको भन्दै प्रहरी महानिरीक्षक प्रकाश अर्यालमाथि अदालतको मानहानी गरेको भन्दै सर्वोच्चमा कात्तिक ७ गते अधिवक्ता दिनेश त्रिपाठीले मुद्दा दायर गर्नुभएको थियो ।  

त्यसको ७ दिनपछि ढुंगेल पक्राउ परेर जेल चलान भएका हुन् । पक्राउ परेका ढुंगेल माओवादी केन्द्रका पूर्व सभासद समेत हुन् ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया