MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata
sagun

न्युयोर्क आक्रमण : साइकल लेनमा ट्रक चलाउँदा ८ जनाको मृत्यु

कात्तिक १५ – अमेरिकाको न्युयोर्कमा साइकल लेनमा एक ड्राइभरले ट्रक चलाउँदा कम्तिमा ८ जनाको ज्यान गएको छ । लोअर म्यानहटनको साइकल लेनमा एक ड्राइभरले ट्रक चलाउँदा ८ जनाको ज्यान जानुका साथै ११ जना घाइते भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै सिएनएनले जनाएको छ ।

२९ वर्षका ट्रक चालकलाई प्रहरी अधिकारीले गोली प्रहार गरी पक्राउ गरेका छन् । उनको नाम सेफुलो साइपोव रहेको र उनी सन् २०१० मा अमेरिका गएका आप्रवासी रहेको अधिकारीले बताएका छन् । उनी अहिले फ्लोरिडामा बस्दै आएका थिए । न्युयोर्क सिटीका मेयर बिल डि ब्लासिओले सर्वसाधारण मानिसमाथि भएको आक्रमण कायर तथा आतंकवादी रहेको बताउनुभएको छ । न्युयोर्क प्रहरी विभागले घटनामा घाइते भएकाको अवस्था गम्भीर रहेको तर उनीहरुको ज्यान जाने खतरा भने नरहेको बताउनुभएको छ । न्युयोर्कमा सन् २००१ को सेप्टेम्बर ११ मा भएको आक्रमणपछिको यो ठूलो आक्रमण हो । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया