MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata
sagun

​जापानको प्रधानमन्त्रीमा आबे पुनः निर्वाचित

कात्तिक १५ – जापानको प्रधानमन्त्रीमा लिबरल डेमोक्रेटिक पार्टीका नेता सिन्जो आबे पुनः निर्वाचित हुनुभएको छ । 

वर्तमान कामचलाउ सरकारका प्रधानमन्त्रीसमेत रहनुभएका उहाँ जापानको प्रधानमन्त्रीमा बुधबार पुनः निर्वाचित हुनुभएको प्राप्त समाचारमा जनाइएको छ ।जापानको दुबै सदनले उहाँलाई प्रधानमन्त्रीमा बुधबार निर्वाचित गरेको हो । उहाँले घोषणा गर्नुभएको आम निर्वाचन हालै सम्पन्न भएको थियो । 

हालैमात्र सम्पन्न निर्वाचनमा उहाँको दल लिबरल डेमोक्रेटिक पार्टीले दुईतिहाई बहुमत हासिल गरेको थियो । गएको संसदीय निर्वाचनमा उहाँको दलले जापानी संसदको तल्लो सदनमा दुईतिहाई बहुमत हासिल गरेको थियो । उहाँलाई संसदले बुधबार प्रधानमन्त्रीमा निर्वाचित गरेको हो । 

जापानको उक्त निर्वाचनमा उहाँको विगतदेखिकै सत्तारुढ अर्को दल कोमेइतो पार्टी पनि गठबन्धनमा सामेल भएको थियो । अबको नयाँ सरकारमा पनि कोमेइतो पार्टी पनिसहभागी हुने भएको छ । आबेले बुधबार रातिसम्ममा कोमेइतो पार्टीका नेतासँग छलफल गरी नयाँ मन्त्रीमण्डलको घोषणा गर्नुहुने भएको बताइएको छ । 
बुधबार बसेको जापानी संसदको विशेष बैठकले उहाँलाई प्रधानमन्त्रीमा नियुक्त गरे पनि औपचारिक रुपमा उहाँको नाम घोषणा हुन भने बाँकी छ । उहाँले बुधबारै साँझ घोषणा गर्ने मन्त्रिमण्डललाई जापानी राजदरबारमा शपथ गराउने कार्यक्रम छ । रासस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया