MENU

साहित्य/ कला

सुरु भयो फिल्म साउथ एसिया, दक्षिण एसियाका ६३ वृत्तचित्र प्रदर्शन हुँदै

काठमाडौं, कात्तिक १६ – दक्षिण एसियाको प्रतिष्ठित वृत्तचित्र प्रदर्शनी मेलाको एघारौँ संस्करण ‘फिल्म साउथ एसिया २०१७’ बिहिबारदेखि ललितपुरको यलमाया केन्द्रमा सुरु भएको छ ।
 
‘वृत्तचित्र : एक साक्षी’ नाराका सुरु भएकोे फिल्म साउथ एसिया २०१७ आइतबारसम्म चल्नेछ । सन् २०१५ यता बनेका दक्षिण एसियाका समसामयिक विषयहरूमा केन्द्रित ३०० सयभन्दा बढी वृत्तचित्रहरूमध्येबाट छानिएका उत्कृष्ट ६३ वृत्तचित्रहरू प्रदर्शन गरिनेछ । सन् १९९७ मा  भएको यो द्विवार्षिक मेलाले परिवर्तनकारी सोचलाई प्रवर्धन गर्ने दक्षिण एसियाली विषयका वृतचित्रहरू विगत २० वर्षदेखि प्रदर्शन गर्दै आएको छ । 
 
 
यो वर्ष प्रदर्शन हुने ६३ मध्ये ४५ वटा वृत्तचित्रहरूले पाँचवटा पुरस्कारका लागि प्रतिस्पर्धा गर्नेछन् । उत्कृष्ट हुने वृत्तचित्रले २,००० अमेरिकी डलर राशी रहेको रामबहादर ट्रफी प्राप्त गर्नेछ भने द्वितीय हुने वृत्तचित्रले १,००० अमेरिकी डलर पुरस्कार प्राप्त गर्नेछ । त्यस्तै निर्देशकको पहिलो वृत्तचित्रहरुमध्येमा उत्कृष्ट हुनेले १,००० अमेरिकी डलरको तारेक मसूद पुरस्कार, बालबालिकाको विषय केन्द्रित उत्कृष्ट वृत्तचित्रले १,००० अमेरिकी डलरको युनिसेफ पुरस्कार र विद्यार्थीहरूले निर्माण गरेकामध्येको उत्कृष्ट वृत्तचित्रले ५०० अमेरिकी डलर पुरस्कार प्राप्त गर्नेछन् । 
 
वरिष्ठ पत्रकार कुन्द दीक्षित संयोजक र पाकिस्तानी सिनेमाकर्मी फरजाद नावी र भारतीय पत्रकार राजश्री दासगुप्ता सदस्य रहेको निर्णायक समितिले उत्कृष्ट वृत्तचित्रहरू छान्नेछ । सो समितिले छानेका पुरस्कृत र अन्य प्रतिनिधि वृत्तचित्रहरूलाई २०१८ मा ‘ट्राभलिङ् फिल्म साउथ एसिया’ को नामबाट दक्षिण एसिया र विश्वका अन्य भागहरूमा प्रदर्शन गरिनेछ ।
 
‘फिल्म साउथ एसिया २०१७’ मा दई विशेष खण्डहरू समावेश गरिएका छन् । अघिल्लो पटक सुरू भएको ‘विद्यार्थी वृत्तचित्रहरु’ मा भावी सिनेमाकर्मीरुको ६ वटा वृत्तचित्र प्रदर्शन गरिनेछ भने ‘विद्रोहका वृत्तचित्र’ खण्डमा दक्षिण एसियाली देशमा प्रतिबन्धित वा विद्रोहसँग सम्बन्धित १२ वटा वृत्तचित्रहरू प्रदर्शन गरिनेछ 
 
‘विद्रोहका वृत्तचित्र’ खण्ड दक्षिण एसियामा खुम्चँदै गएको आलोचनात्मक सार्वजनिक वहस क्षेत्रभित्रबाट वाक तथा अभिव्यक्ति स्वतन्त्रताको सीमालाई फराकिलो बनाउने प्रयास हो ।
 
चर्चित भारतीय पत्रकार शशी कुमार ‘फिल्म साउथ एसिया २०१७’ को प्रमुख अतिथि हुनेछन् । कुमार चेन्नईमा रहेको एसियन कलेज अफ जर्नालिज्म सञ्चालन गर्ने मिडिया डेभेलेपमेन्ट फाउण्डेसनका संस्थापक अध्यक्ष हुन् । सिनेमाकर्मी रूपमा समेत परिचित कुमार भारतको पहिलो क्षेत्रीय स्याटेलाइट टिभी च्यानल एसियानेटका समेत संस्थापक हुन् ।
 
‘फिल्म साउथ एसिया २०१७’  का मेला निर्देशक (फेस्टिबल डाइरेक्टर) मितु वर्माका अनुसार ‘यो वर्ष प्रदर्शनका लागि दक्षिण एसियामा देखिएको असाधारण र रोचक समसामयिक अवस्था झल्काउने उत्कृष्ट वृत्तचित्रहरु’ छानिएका छन् ।
 
बिहीबार  चर्चित भारतीय पत्रकार तथा फिल्मकर्मी सशी कुमारसँग वृत्रचित्र निर्माणका विविध पक्षमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । त्यस्तै भारतीय वृत्तचित्र निर्देशक तपन बोस र पाकिस्तानी चलचित्र निर्देशक फरजाद नावीले पनि वृत्रचित्र निर्माणका बारेमा नेपाली दर्शकसँग अन्तरक्रिया गरेका छन् ।
 
फेस्टिबलको सुरुवात भारतीय वृतचित्र ‘द म्यान हु ड्वार्फ्ड द माउन्टेन’ र वर्मेली वृत्रचित्त ‘थर्टी टु सोउल्स’ को प्रदर्शनबाट भएको थियो । 
 
Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • ​साहित्य यात्रा सगरमाथा सँगसँगै : सगरमाथा हेर्दै रचना वाचन

    ओखलढुंगा, चैत २९– नयाँ वर्षको पूर्व सन्ध्यामा नयाँ वर्ष मनाउनेहरुका विभिन्न कार्यक्रमका सूची तयारी भैसके । घुमफिर, भेटघाट, वनभोज, सांस्कृतिक कार्यक्रमको आयोजनाजस्ता कार्यक्रममा नेपालीहरु व्यस्त हुन्छन् ।

  • प्याकुरेलको कथा सङ्ग्रह ‘झुल्या कागत’ विमोचन

    काठमाडौं चैत २५ – कथाकार प्रमोद प्याकुरेलको पहिलो कथा सङ्ग्रह ‘झुल्याकागत’ विमोचन भएको छ ।

  • राजा सिद्धीनरसिंह मल्लले लेखेका गीतको एल्बम सार्वजनिक

    काठमाडौं, चैत २४ – राजा सिद्धीनरसिंह मल्लले लेखेका ३६ वटा गीत संग्रहित गीति एल्बमको शनिबार लोकार्पण गरिएको छ ।

  • कुहिराे

    मैले लगाएको चोट खप्न नसकेर आमा मैलो मजेत्रोले अाँसु पुछ्नुहुन्थ्यो । क्षयरोग सर्ने डरले व्यथा किटान भएदेखि नै आमाका लुगाहरूसम्म कसैले धुने आँट गरेनन् । सानै उमेरदेखि मेरो स्वभाव एकलकाटे थियो । साथीहरू कोहीसँग पनि घनिष्ट सम्बन्ध बनाउन सकिनँ मैले । मैले भनेको कुरामा साथीहरू असहमत हुँदा पटक पटक सिँगौरी खेलेको छु मैले ।

  • कम्युनिस्ट हुन रक्सी पिउँदा‍...

    प्रतिदिनजस्तै भेट्ने, एउटा न एउटा कार्यक्रममा लैजाने, भाषण गर्न लगाउने, पुस्तक पढ्न दिने, रेस्टुराँमा लगरे ख्वाउने, अनि आत्मीयता प्रदर्शन गरेर वशीभूत पार्ने प्रयास गरिरहनुहुन्थ्यो । तर कतिपय कुरामा मेरो आफ्नै तौरतरिका र अडान रहन्थे । कहिलेकाहीँ तर्क गरेर उहाँका कुरा काट्ने, केही शास्त्रीय विचारका अडान राख्ने गर्दथेँ । पतलुन लाउँदैनथेँ, मदिरा पिउँदैनथेँ

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया