MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata
sagun

अमेरिकी राष्ट्रपति ट्रम्पको एसिया दौडाहा सुरु

कात्तिक १८ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ११ दिन लामो एसिया भ्रमण सुरु भएको छ । यो भ्रमणको क्रममा अमेरिकी राष्ट्रपति ट्रम्प जापान, दक्षिण कोरिया, चीन, भियतनाम र फिलिपिन्स पुग्नुहुनेछ । पछिल्लो २५ वर्षमा कुनै पनि अमेरिकी राष्ट्रपतिले गर्न लागेको यो लामो एसिया भ्रमण हो । उत्तर कोरियाको परमाणु कार्यक्रमलाई लिएर तनाव उत्कर्षमा पुगेका बेला सुरु भएको ट्रम्पको भ्रमणलाई निकै महत्वका साथ लिइएको छ । उत्तर कोरियाको परमाणु कार्यक्रमलाई लिएर अमेरिका, दक्षिण कोरिया तथा जापान एक पक्षमा छन् ।

राष्ट्रपति ट्रम्पले भ्रमणको क्रममा उत्तर कोरियाको विषयमा अमेरिका, दक्षिण कोरिया र जापान एकताबद्ध रहेको सन्देश दिने अपेक्षा गरिएको छ । यस्तै उत्तर कोरियालाई सहयोग गर्दै आएको चीनलाई थप दबाब दिने पनि आंकलन गरिएको छ । ट्रम्पले यसअघि पनि चीनसँग उत्तर कोरियालाई परमाणु कार्यक्रम रोक्न दबाब दिन आग्रह गर्दै आउनुभएको छ ।

भ्रमणको सुरुमा ट्रम्प अमेरिकी राज्य हवाइ पुग्नुभएको छ । उहाँ त्यहाँ अमेरिकी प्यासिफिक कमाण्डको ब्रिफिङमा सहभागी हुनुभएको छ । त्यहाँबाट उहाँ प्रथम महिला मिलानिया ट्रम्पसँगै जापान प्रस्थान गर्ने कार्यक्रम छ । उहाँ आइतबार जापान पुग्नुहुनेछ । ट्रम्प जापान भ्रमणसकेर त्यहिँबाट मंगलबार दक्षिण कोरिया जाने सिएनएनले जनाएको छ । दक्षिण कोरियाबाट चीन जानुहुनेछ । चीन बसाइको क्रममा ट्रम्पले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । त्यसपछि भियतनाम जाने ट्रम्पले त्यहाँ एसिया–यासिफिक इकोनोमिक को–अपरेसनको सम्मेलनमा सहभागी हुने कार्यक्रम छ । एसिया भ्रमणको अन्तिम गन्तव्य हुनेछ फिलिपिन्स । उहाँले फिलिपिन्सको राजधानी मनिलामा हुने दक्षिण पूर्वी एरियाली देशको सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम छ ।

यसअघि अमेरिकी राष्ट्रपतिको यस्तै किसिमको एसिया दौडाहा सन् १९९१ को अन्त्य र १९९२ को सुरुमा भएको थियो । त्यसबेलाका राष्ट्रपति जर्ज एचडब्लु बुस एसियाली क्षेत्रको १२ दिने भ्रमणको क्रममा जापानमा वान्ता गरेर फेन्ट पनि हुनुभएको थियो । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया