MENU

साहित्य/ कला

कतारमा सुनिए उपेन्द्र सुब्बा

महेश्वर नेपाल, उज्यालो ।
कतार, कार्तिक १८ – ‘कीर्ति रहोस भनि बनाइएका पाटीपौवा 
मृत आफन्तका नाममा बनाइएका ठुल ठुला फलैचारचौतारा
रोपिएका अजङ्गका वरपिपल 
ती सब अहमका निशानी मात्र हुन ।’
खोलाको गीत कविता सङ्ग्रहमा समावेश कविता मार्फत कविताको पोल्टो फुकाएका कवि उपेन्द्र सुब्बाले हस्यौली पारामा सायद, जड्याँहाको तर्क, समान अन्तर, मेरो आमाको नाम, ना ४ ख ४३८५, ख्यालिमा हारेको धुर्व, अध्यारोको गीत, किस्नेले बिहे गरेछ ढुंगाको मन लगायतका डेढ दर्जन कविता कतारमा रहेका नेपालीलाई  सुनाउनुभयो ।

लक्ष्मी जयन्तीको अवसरमा  कतारमा साहित्यकार उपेन्द्र सुब्बाको एकल कविता बाचन सम्पन्न भएको हो  । अन्तराष्ट्रिय नेपाली साहित्य समाज कतार च्याप्टर, गैर आवासिय नेपाली संघ कतारको साहित्य विभाग, नवोदित साहित्यिक वाचनालय कतार, मुग्लानी सौगात अल्खोर  र  नेपाली कला केन्द्रको संयुक्त आयोजनामा अनेसास नवोदितको ७५औं डबलीमा सशुल्क एकल कविता वाचन गरिएको हो  ।

 साहित्यकार सुब्बाले कतार आउँदा आफू नेपालमै भए जस्तै भान भएको बताउनुभयो । सन् १९९८ तिर आफू पनि कतारमा श्रमिकको रुपमा आउन प्रयास गरेको भन्दै सुब्बाले भन्नू भयो ‘तर त्यति बेला म २ पटक असफल भएँ ।’ सुब्बालाई अनेसास कतार तथा नवोदित साहित्यिक वाचनालयको मानर्थ सदस्यता प्रदान गरियो । 

कार्यक्रममा प्रकाश आङ्देम्बेद्वारा निर्देशित चलचित्र ‘देश खोज्दै जाँदा’को विशेष प्रदर्शनी पनि गरिएको थियो । चलचित्रको विशेष प्रदर्शन गर्न कतार आएका साहित्यकार तथा चलचित्र निर्देशक आङ्देम्बेलाई अनेसास कतार तथा नबोदीत साहित्यिक वाचनालयको मानर्थ सदस्यता प्रदान गरिएको थियो ।

कार्यक्रमश्यामराज रानाभाटको सभापतित्वमा सम्पन्न भएको थियो ।यसअघि साहित्यकारहरु खगेन्द्र सङग्रौला, अभि सुबेदी, श्रवण मुकारुङ, गोबिन्दराज भट्टराई, बिमल निभा, राजन मुकारुङ र हेमन यात्रीलाई कतार बोलाएर लक्ष्मी जयन्तीको अवसरमा एकल कविता वाचन गरिएको अनेसास कतारका सल्लाहकार तिर्थ संगम राइले जानकारी दिनु भयो । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • ​साहित्य यात्रा सगरमाथा सँगसँगै : सगरमाथा हेर्दै रचना वाचन

    ओखलढुंगा, चैत २९– नयाँ वर्षको पूर्व सन्ध्यामा नयाँ वर्ष मनाउनेहरुका विभिन्न कार्यक्रमका सूची तयारी भैसके । घुमफिर, भेटघाट, वनभोज, सांस्कृतिक कार्यक्रमको आयोजनाजस्ता कार्यक्रममा नेपालीहरु व्यस्त हुन्छन् ।

  • प्याकुरेलको कथा सङ्ग्रह ‘झुल्या कागत’ विमोचन

    काठमाडौं चैत २५ – कथाकार प्रमोद प्याकुरेलको पहिलो कथा सङ्ग्रह ‘झुल्याकागत’ विमोचन भएको छ ।

  • राजा सिद्धीनरसिंह मल्लले लेखेका गीतको एल्बम सार्वजनिक

    काठमाडौं, चैत २४ – राजा सिद्धीनरसिंह मल्लले लेखेका ३६ वटा गीत संग्रहित गीति एल्बमको शनिबार लोकार्पण गरिएको छ ।

  • कुहिराे

    मैले लगाएको चोट खप्न नसकेर आमा मैलो मजेत्रोले अाँसु पुछ्नुहुन्थ्यो । क्षयरोग सर्ने डरले व्यथा किटान भएदेखि नै आमाका लुगाहरूसम्म कसैले धुने आँट गरेनन् । सानै उमेरदेखि मेरो स्वभाव एकलकाटे थियो । साथीहरू कोहीसँग पनि घनिष्ट सम्बन्ध बनाउन सकिनँ मैले । मैले भनेको कुरामा साथीहरू असहमत हुँदा पटक पटक सिँगौरी खेलेको छु मैले ।

  • कम्युनिस्ट हुन रक्सी पिउँदा‍...

    प्रतिदिनजस्तै भेट्ने, एउटा न एउटा कार्यक्रममा लैजाने, भाषण गर्न लगाउने, पुस्तक पढ्न दिने, रेस्टुराँमा लगरे ख्वाउने, अनि आत्मीयता प्रदर्शन गरेर वशीभूत पार्ने प्रयास गरिरहनुहुन्थ्यो । तर कतिपय कुरामा मेरो आफ्नै तौरतरिका र अडान रहन्थे । कहिलेकाहीँ तर्क गरेर उहाँका कुरा काट्ने, केही शास्त्रीय विचारका अडान राख्ने गर्दथेँ । पतलुन लाउँदैनथेँ, मदिरा पिउँदैनथेँ

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया