MENU

राजनीति

क्षितिज भण्डारी भन्छन् : आरजु राणालाई हाँसीहाँसी हराउँछु

कैलाली, कात्तिक १९ – प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी तथा कांग्रेस नेतृ आरजु राणा देउवाविरुद्ध कैलाली नम्बर ५ मा बागी उम्मेदवारी दिएका क्षितिज भण्डारीले कुनै पनि हालतमा आफ्नो उम्मेदवारी फिर्ता नहुने बताउनुभएको छ । 

उम्मेदवारी फिर्ता नलिने बरु सजिलै जुनसुकै उम्मेदवारलाई आफूले हराउने भण्डारीले दावी गर्नुभएको छ । उज्यालो अनलाइनसँगको कुराकानीमा नेपाल विद्यार्थी संघका नेतासमेत रहेका भन्डारीले २६ वर्षदेखि कैलालीमा कांग्रेसको राजनीति गरेको भन्दै आफूले जित्ने आधार देखेरै उम्मेदवारी दिएको बताउनुभयो । 

‘मैले कांग्रेसमा २६ वर्ष विताएँ, धेरै जेलनेल खाएँ, घाइते भएँ, जहाँ त्याग गरियो संघर्ष गरियो त्यहिँका नेताविरुद्ध अर्कालाई उम्मेदवारी बनाउनु स्वीकार्य नभएरै मैले उम्मेदवारी दिएको हुँ’ भन्डारीले भन्नुभयो, ‘पार्टीको लागि योगदान गर्नेलाई पाखा लगाएर कांग्रेसले निरंकुश चरित्र देखाएको छ, कांग्रेसभित्रको निरंकुशताविरुद्ध मैले आँट गरेको हो ।’

कैलालीका बहुसंख्यक मतदाताको भावना विपरीत बाहिरी जिल्लाबाट उम्मेदवार खडा गरेर कांग्रेसले गल्ती गरेको नेता भण्डारीको आरोप छ । आफ्नो प्रचारमा कार्यकर्ता गाउँगाउँमा पुगिसकेकोले चुनावको नतिजा आफ्नै पक्षमा आउने उहाँको दाबी छ । कांग्रेस छाडेर हिँडिसकेकाले आफूले कांग्रेसले गर्ने कुनै पनि कारवाहीले कुनै असर नगर्ने बताउनुभयो । 

कांग्रेससँग विद्रोह गरेकाले कांग्रेससँग कुनै साइनो नभएको भन्दै प्रधानमन्त्री पत्नी आरजु राणाका बागी उम्मेदवार भण्डारीले आफूले अब फरक ढंगले राजनीति सुरु गरेको बताउनुभयो । ‘म यहाँको स्थानीय मान्छे हो, यहाँको समुदायमा भिजेको मान्छे हो, आरजुलगायत जो कोहीलाई सजिलै हराउन सक्छु’ भण्डारीले भन्नुभयो ।

आर्थिक लाभबाट प्रभावित नहुने 

बागी उम्मेदवार बनेर पद र पैसाको लागि बार्गेनिङ गरेका उदाहरण छन्, तपाइँको पनि लक्ष्य त्यही त होला नी ? भन्ने उज्यालोको प्रश्नमा नेता भण्डारी आक्रोसित हुनुभयो । उहाँले भन्नुभयो, ‘रघुनाथ आदर्श बहुमुखी क्याम्पस मेरो बाजेको नामबाट बनेको छ, धनगढी उपमहानगरपालिकामा मेरी बज्यैको नामबाट बासुदेवी उच्च मावि छ, करोडांै रकम दिएर हामीले धेरै सामाजिक संस्था बनाएका छौं, अस्ति भर्खरै मैले बाढी पीडितलाई १० लाख रुपैयाँ दिएको छु भनेपछि म आर्थिक लोभबाट उम्मेदवारी फिर्ता लिने मान्छे हो त ?’

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया