MENU

बातावरण-कृषि

Ncell Axiata

​नेपालमै पहिलो पटक भैंसी विज्ञहरुको अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

राधेश्याम खतिवडा/उज्यालो । 

चितवन, कात्तिक १९ – चितवनमा भैंसी विज्ञहरुको अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । नेपालमा पहिलो पटक हुन लागेको यो सम्मेलनमा ११ देशका भैसी विज्ञहरुले सहभागिता जनाउने भएकाछन् । ‘भैंसीको उत्पादन वृद्धि’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको सम्मेलन चितवनको कृषि तथा वन विश्वविद्यालयमा हुँदैछ । 

कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुर चितवनको पशु विज्ञान, पशुचिकित्सा तथा मत्स्य विज्ञान संकायको आयोजनामा हुन लागेको ३ दिने सम्मेलन कात्तिक २९ देखि मंसिर २ गतेसम्म चल्नेछ । भैंसीको क्षेत्रमा निकै लामो समयदेखि अध्ययन अनुसन्धान गरिरहेका अनुसन्धानकर्ता वैज्ञानिकहरू सहभागी हुने छन् । 

सम्मेलनमा ५५ जना विदेशी पाहुनासहित २ सय जनाको सहभागिता रहनेछ । सम्मेलनमा नेपालसहित विश्वका ११ देश भारत, चीन, पाकिस्तान, बंगलादेश, थाइल्याण्ड, फिलिपिन्स, अमेिरका र क्यानडालगायतका भैंसी सम्बन्धी अनुसन्धानकर्ताहरूको सहभागिता रहने आयोजकले बताएको छ । 

विभिन्न विश्वविद्यालयका १७ जना डीनहरूको सहभागिता रहने कार्यक्रममा ‘इन्टरनेशलन बफ्यालो फेडेरेशेन’का महासचिव प्रो. डा. एन्तेनियो बर्गिस र पाकिस्तानको लाहोरस्थित भेटेनरी विश्वविद्यालयका प्रो. भाइस चान्सलर नासिम अहमद नेपाल आउने पशु विज्ञान, पशुचिकित्सा तथा मत्स्य विज्ञान संकाय रामपुरको डीन प्रा.डा.शारदा थपलियाले जानकारी दिनुभयो । 

भै‌सी पालनका बिषयमा नेपालसहितका ९० वटा ‘कार्यपत्र ’माथि छलफल हुने बताउँदै डाक्टर थपलियाले विश्वका विभिन्न देशमा रहेको भंैसीका प्रजातीहरूको बारेमा गरिएको अनुसन्धान र भूगोल सुहाउँदो प्रविधि एवम् ज्ञानसीपको आदानप्रदान गर्ने मूल उद्धेश्य सम्मेलनको रहेको बताउनुभयो । 

नेपालका ४९ र विदेशी ४१ वटा पेपर प्रस्तुत हुने बताउदै उहाँले  भैंसीको व्यवसायिक उत्पादनका लागि सरकारी निकायलाई नीति निर्माणमासमेत सहयोग पुग्ने उद्धेश्यले सम्मेलन आयोजना गरिएको बताउनुभयो । नेपालमा लिमे, पार्कोटे, गड्डी भैंसी पाइन्छ ।  नेपालको दुध उत्पादनमा दूई तिहाई र मासु उत्पादनमा भैंसीको योगदान ५० प्रतिशत रहेको छ ।  नेपालमा ५० लाख भैंसी रहेको अनुमान छ ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया