MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata
sagun

भियतनाममा आँधी, २७ जनाको मृत्यु

कात्तिक १९ – भियतनाममा दामरी आँधीका कारण कम्तिमा २७ जनाको ज्यान गएको छ । भियतनामको दक्षिणी तथा मध्य क्षेत्र बढी प्रभावित भएको आँधीका कारण २० जना भन्दा बढी हराइरहेका छन् ।

आँधीका कारण ९० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलेको छ । यस्तै शनिबार आँधीका कारण पहिरो पनि भएको थियो । ४० हजार भन्दा बढी घरमा क्षति पुगेको छ ।

प्रभावित क्षेत्रबाट मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको छ । यस्तै आँधीका कारण विद्युत प्रशारण लाइनमा क्षति पुगेकाले धेरै ठाउँको विद्युत आपूर्ति बन्द भएको बिबिसीले जनाएको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया