MENU

विज्ञान प्रविधि

Ncell Axiata
sagun

भूकम्प प्रभावित ५५ ठाउँमा टेलिकमको इन्टरनेट सेवा

काठमाडौं, कात्तिक १९ – नेपाल टेलिकमले भूकम्प प्रभावित जिल्लाका ५५ ठाउँमा इन्टरनेट सेवा सञ्चालन गरेको छ । टेलिकमले कात्तिक १४ गतेसम्म भूकम्प प्रभावित सिन्धुपाल्चोकका १२, नुवाकोटका २६, काभ्रेपलाञ्चोकका ८ र रसुवाका ९ ठाउँमा इन्टरनेट सेवा सञ्चालनमा ल्याएको जनाएको छ । 

अहिलेसम्म ५ नगरपालिका, ५ गाउँपालिका, ३ वडा कार्यालय, १५ हेल्थपोष्ट तथा पब्लिक हेल्थपोष्ट र २७ विद्यालयमा विभिन्न प्रविधिमार्फत इन्टरनेट सेवा सञ्चालन गरिएको हो ।

भूकम्प प्रभावित क्षेत्रमा इन्टरनेट सेवा उपलब्ध गराउन नेपाल दूरसञ्चार प्राधिकरणसँग गत  वैशाख २१ गते भएको सम्झौता अनुसार नेपाल टेलिकमले ती क्षेत्रमा आवश्यक सेवा उपलब्ध गराउन थालेको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया