MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata
sagun

ट्रम्पलाई कहिले जित्दैनौ भनेका साउदी राजकुमार पक्राउ

कात्तिक १९ – साउदी अरेबियाका युवराज मोहम्मद बिन सलमानको नेतृत्वमा गठन भएको भ्रष्टाचार विरुद्धको नयाँ कमिटिले ११ जना राजकुमार, चारजना बहालवाला मन्त्री तथा दर्जनौं पूर्व मन्त्रीहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ट्वीटर र एप्पलमा लगानी रहेका राजकुमार अलवालिद बिन तलाल पनि रहेका छन् । भ्रष्टाचार विरुद्धको नयाँ कमिटिमा पक्राउ पूर्जी जारी गर्ने तथा यात्रा प्रतिबन्ध लगाउनेसम्मको अधिकार रहेको छ । यहि बिचमा राजा सलमानले राष्ट्रिय प्रहरी तथा जल सेनाका प्रमुख पनि परिवर्तन गर्नुभएको छ । 

अर्बपति तथा बिनेस टाइकुन राजकुमार अलवालिद बिन तलाल पनि पक्राउ परेकाले ठूलै तहल्का मच्चिएको छ । लण्डनको सावोय होटलका मालिक तलाल फोर्ब्सका अनुसार विश्वका धनि व्यक्तिको सूचिमा रहेका छन् । उहाँको कुल सम्पत्ति १७ बिलयन अमेरिकी डलर रहेको छ ।

तलाल अहिले अमेरिकाका राष्ट्रपति रहेका डोनाल्ड ट्रम्पले राष्ट्रपतिको उम्मेदवारी दिने भनेका बेला ट्वीटरमा ट्रम्पको विरोध गर्नुभएको थियो । उहाँले ट्रम्प समग्र अमेरिकाकै लागि अपमानको कारण रहेको र कहिले पनि नजित्ने बताउनुभएको थियो । ट्रम्पले त्यसको जवाफमा बुवाको सम्पत्तिमा अमेरिकी राजनीतिज्ञलाई किन्न खोजेको र आफू राष्ट्रपति बनेपछि त्यस्तो गर्न नदिने बताउनुभएको थियो । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया