MENU

समाज

ujyaalo forign call inside

टेलिकमद्वारा भूकम्प प्रभावित जिल्लाका ५५ ठाउँमा इन्टरनेट सेवा सुरु

काठमाडौं, कात्तिक २० – नेपाल टेलिकमले भूकम्प प्रभावित जिल्लाका ५५ स्थानमा इन्टरनेट सेवा सुरु गरेको छ । वाइम्याक्स, इभिडिओ तथा थ्री जी प्रविधि मार्फत सिन्धुपाल्चोकका १२, नुवाकोटका २६, काभ्रेपलाञ्चोकका ८ र रसुवाका ९ ठाउँमा इन्टरनेट सेवा सञ्चालनमा ल्याएको हो ।

अहिलेसम्म ५ नगरपालिका, ५ गाउँपालिका, ३ वडा कार्यालय, १५ हेल्थपोष्ट तथा पब्लिक हेल्थपोष्ट र २७ विद्यालयमा विभिन्न प्रविधिमार्फत इन्टरनेट सेवा सञ्चालनमा ल्याएको नेपाल टेलिकममका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिनुभयो ।

सिन्धुपाल्चोक, नुवाकोट, काभ्रेपलाञ्चोक र रसुवाका नगरपालिका, गाउँपालिका, माध्यमिक विद्यालय, हेल्थपोष्ट लगायत ठाउँमा वाइम्याक्स, जिएसएम, सिडिएमए र एडिएसएल मार्फत इन्टरनेट सुविधा उपलब्ध गराएको उहाँले बताउनुभयो । ती ठाउँमा कम्तीमा ५ सय १२ केबिपिएस गतिको असीमिति इन्टरनेट सेवा दुई वर्षसम्म निःशुल्क चलाउन पाउनेछन् ।

कम्पनीले चार जिल्लाका अरु स्थानमा पनि इन्टरनेट सेवा सञ्चालन गर्ने जनाएको छ । भूकम्प प्रभावित क्षेत्रमा इन्टरनेट सुविधा उपलब्ध गराउन नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमबिच गएको वैशाख २१ गते सम्झौता भएको थियो । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया