MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata
sagun

प्याराडाइज पेपरः विश्वका धनी र शक्तिशाली व्यक्तिले लुकाएको सम्पत्ति विवरणको खुलासा

कात्तिक २० – विश्वका धनी तथा शक्तिशाली व्यक्तिले लुकाएको सम्पत्ति सम्बन्धी वित्तिय दस्तावेज चुहावट भएको छ । चुहावट भएको वित्तिय दस्तावेज अनुसार बेलायतकी महारानी एलिजाबेथ द्वितियसहित विश्वका धनी तथा शक्तिशाली व्यक्तिले ट्याक्स हेवन अर्थात अफसोर कम्पनी रहेका देशमा लगानी गरेको खुलासा भएको बिबिसीले उल्लेख गरेको छ

प्याराडाइज पेपर्स नाममा सार्वजनिक भएको दस्तावेजमा बेलायतकी महारानीको निजी सम्पत्तिको विवरण पनि छ । प्याराडाइज पेपर्सले एक करोड ३४ लाख कागजात छन् । चुहावट भएको दस्तावेज अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सरकारका बाणिज्य मन्त्रीको अमेरिकाले प्रतिबन्ध लगाएको रुसी कम्पनीमा शेयर रहेको पनि खुलेको छ । विश्वभरका एक सय भन्दा बढी सञ्चार संस्थानले यि कागजात सम्बन्धमा अनुसन्धान गरिरहेका छन् । गएको वर्ष पानामा पेपर्स सार्वजनिक गरेको जर्मन पत्रिका ज्युड डायचे त्साइटुंगले यि कागजात प्राप्त गरेको थियो ।

यि दस्तावेजको जाँच इन्टरनेशनल कन्सोर्शियम अफ इन्वेस्टिगेटिव जर्नालिस्ट्स (आइसिआइजे) ले गरेको छ । अब यो हप्ता भरमा सयौं व्यक्ति तथा कम्पनीको कर र वित्तिय अवस्थाको जानकारी सार्वजनिक हुनेभएको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया