MENU

साहित्य/ कला

Ncell Axiata
sagun

​फिल्म साउथ एसिया : युद्धमा आधारित भारत र श्रीलंकाका वृत्तचित्र उत्कृष्ट

काठमाडौं, कात्तिक २० – बिहीबारदेखि चलेको दक्षिण एसियाली वृत्तचित्र महोत्सव (फिल्म साउथ एसिया) आइतबार सकिएको छ ।

महोत्सवमा प्रदर्शन गरिएका ६३ वृत्तचित्रमध्ये उत्कृष्टलाई प्रदान गरिने रामबहादुर ट्रफी अवार्ड यसपल्ट युद्धमा आधारित दुई वृत्तचित्रलाई संयुक्त रुपमा प्रदान गरिएको छ । श्रीलंकाली निर्देशक जुडे रत्नम ‘डेमोन्स इन प्याराडाइज’ र भारतीय निर्देशक तुषार माधव र सर्वनिक कौरको ‘सोज– अ बालाड म्यालाडिज’ ले फिल्म साउथ एसिया २०१७ को उत्कृष्ट वृत्तचित्रको बाजी मारेका छन् । 

‘डेमोन्स इन प्याराडाइज’ लामो समयसम्म गृहयुद्धले श्रीलंकामा पारेको असर शान्तिप्रक्रियाको कथालाई प्रस्तुत गरेको छ ।  

‘सोज– अ बालाड म्यालाडिज’ले भने भारत प्रशासित कश्मीरका जारी हिंसालाई कथावस्तु बनाएको छ । कलालाई प्रतिरोधको माध्यम बनाएका कलाकार र संगीतकारको विषय वृत्तचित्रका समेटिएको छ ।

 

फेस्टिबलका मुख्य अतिथि चर्चित भारतीय पत्रकार शशी कुमारले दुवै वृत्तचित्रलाई दुई हजार डलर राशीको नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र हस्तान्तरण गरे ।

त्यस्तै महोत्सवमा रनर अपको उपाधि भने वभारतको ‘सेफर्डेस अफ ग्लेसियर्स’ ले हात पार्यो । स्टान्जिन दोर्जाई ग्या र क्रिस्टिन मोर्डलेटले निर्देशन गरेको यस वृत्तचित्रले एक हजार अमेरिकी डलर नगद प्राप्त गर्यो । 

त्यस्तै बालबालिकाको विषयमा केन्द्रीत वृत्तचित्रमध्ये उत्कृष्ट वृत्तचित्रको अवार्ड प्राप्त गर्यो चन्द्रशेखर रेड्डीको निर्देशनमा बनेको ‘फायर फ्लाइज इन द एबिस’ ले । एक हजार अमेरिकी डलरको युनिसेफ नेपाल पुरस्कार प्राप्त गरेको यो वृत्तचित्रमा उत्तर पूर्वी भारतीय राज्य मेघालयमा रहेको कोइलाखानीमा काम गर्ने नेपाली मजदुरहरुको दर्दनाक कथा समेटिएको छ । मेघालयमा रहेको कोइलाखानीमा कोइला काट्दै वर्षौँ बिताएका नेपालीको पीडालाई वृत्तचित्रमा रेड्डीले सुन्दर ढंगबाट प्रस्तुत गरेका छन् ।

 

निर्देशकको पहिलो वृत्तचित्र अर्थात डेब्युमध्येमा उत्कृष्ट भएको ‘रसन पिया’ ले एक हजार  अमेरिकी डलरको तारेक मसूद पुरस्कार प्राप्त गर्यो । विद्यार्थीले निर्देशन गरेको उत्कृष्ट वृत्तचित्रको पुरस्कार सहित पाँच सय अमेरिकी डलरको पुरस्कार  बर्मेली निर्देशकको ‘थर्टी टू सोल्स’ ले प्राप्त गर्यो । 

त्यस्तै निर्णायक समितिको ‘स्पेसल मेन्सन’ जूरी स्पेसल मेन्सन अवार्ड पाँचवटा वृत्तचित्रलाई प्रदान गरियो । 

जूरी स्पेसल मेन्सन अवार्ड विजेता वृत्तचित्र

इज इट् टू मच टू आस्क – लीना मणिमेक्कलाई
ट्रेम्बलिङ माउण्टेन – केसाङ छेतेन
आस्क द सेक्सपर्ट – विशाली सिन्हा 
प्रिजन सिस्टर्स – निमा सर्वेसनी
लक एण्ड् की –शिल्पी गुलाटी

सन् १९९७ मा सुरू भएको यो द्विवार्षिक महोत्सवले दक्षिण एसियाका विविधता झल्काउने समसामयिक विषयमा आधारित वृत्तचित्रलाई प्रर्दशनीमा स्थान दिँदै आएको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया