MENU

साहित्य/ कला

Ncell Axiata
sagun

राष्ट्रिय एकल बाल नाटक महोत्सव सुरु

काठमाडौं, कात्तिक २० – राष्ट्रिय एकल बाल नाटक महोत्सव काठमाडौंमा आजदेखि सुरु भएको छ । काठमाडौं प्रज्ञाकुञ्ज स्कूलको आयोजना तथा शिल्पी थिएटरको सहआयोजनामा शिल्पी थिएटर बत्तिसपुतलीमा महोत्सव सुरु भएको हो । 

बुधबारसम्म चल्ने महोत्सवमा ३२ जना बालबालिका सहभागी छन् । बालबालिकाहरुमा रहेका प्रतिभा प्रस्फुटन, उनीहरुको सृजनात्मक क्षमता अभिवृद्धिका लागि यो महोत्सव आयोजना गरिएको महोत्सव निर्देशक टंक चौलागाइले जानकारी दिनुभयो । 

तीनै दिन मञ्चन गरिएका नाटकहरु निर्णायकद्वारा मूल्यांकन गरि उत्कृष्ट अभिनय, उत्कृष्ट प्रस्तुति र उत्कृष्ट नाटकलाई पाँच हजार रुपैयाँबाट पुरस्कृत गरिने पनि चौलागाइले जानकारी दिनुभयो । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया