MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata
sagun

साउदी अरेबियामा भ्रष्टाचार विरुद्धको अभियानः राजपरिवारका सदस्य र मन्त्री पक्राउ सुरुवात मात्रै

कात्तिक २१ – भ्रष्टाचार आरोपमा राजपरिवारका सदस्य, बहालवाला मन्त्री तथा अरु धेरै पूर्व मन्त्री पक्राउ गर्नु भ्रष्टाचार विरुद्धको अभियानको सुरुवात मात्रै रहेको साउदी अरेबियाका महान्यायाधीवक्ताले बताउनुभएको छ ।

महान्यायाधीवक्ता शेख साउद अल मोजेबले एक वक्तव्य जारी गरी आइतबारदेखि सुरु भएको पक्राउ अभियान देशबाट भ्रष्टाचार अन्त्य गर्ने अभियानको सुरुवात मात्रै रहेको बताउनुभएको हो । आफूहरु भ्रष्टाचारको मूख्य कारण नै अन्त्य गर्ने अभियानमा रहेको उहाँले उल्लेख गर्नुभएको छ ।

युवराज मोहम्मद बिन सलमानको नेतृत्वमा गठन भएको भ्रष्टाचार विरुद्धको नयाँ कमिटिले ११ जना राजकुमार, चारजना बहालवाला मन्त्री तथा दर्जनौं पूर्व मन्त्रीहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ट्वीटर र एप्पलमा लगानी रहेका राजकुमार अलवालिद बिन तलाल पनि रहेका छन् ।

भ्रष्टाचार विरुद्धको नयाँ कमिटिमा पक्राउ पूर्जी जारी गर्ने तथा यात्रा प्रतिबन्ध लगाउनेसम्मको अधिकार रहेको छ । यहिबिचमा राजा सलमानले राष्ट्रिय प्रहरी तथा जल सेनाका प्रमुख पनि परिवर्तन गर्नुभएको छ । यो अभियानलाई यु्वराज सलमानको अधिकार र शक्ति बढाउने अभियानको रुपमा पनि लिइएको छ ।

अहिले आफूहरु भ्रष्टाचार विरुद्धको अभियानको पहिलो चरणमा रहेको महान्यायाधीवक्ता अल मोजेबले बताउनुभएको छ ।

आफूहरुले ठूलो मात्रामा प्रमाण रहेको र अहिले अनुसन्धानको क्रम चलिरहेको उहाँले उल्लेख गर्नुभएको छ । सबै आरोपीको कानुनी निकायसम्म सम्पूर्ण रुपमा पहुँच रहेको र सुनुवाई पारदर्शी रुपमा गरिने पनि उहाँले बताउनुभएको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया