MENU

बातावरण-कृषि

Ncell Axiata
sagun

नेता गाउँ पसे, किसान खेतमा

प्रकाश धौलाकोटी/उज्यालो । 

तेह्रथुम, कात्तिक २१ – आउँदो २१ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको चुनावका लागि दल उम्मेदवारी दर्तासँगै चुनावी अभियान लिएर गाउँ पसेका छन् । मतदातालाई आफ्नो पक्षमा पार्दै म्मेदवारलाई विजयी गराउन दलका कार्यकर्ताहरुलाई भ्याई–नभ्याई छ । उनीहरु प्रचार प्रसारका लागि घरदैलोसम्म पुग्न थालिसकेका छन् । 

तेह्रथुमका मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेस र वाम–गठबन्धनका उम्मेदवार र जिल्लाका नेताहरु पनि प्रचार प्रसारका लागि गाउँ पसेका छन् । तर गाउँका किसानलाई भने अहिले धान बाली भित्र्याउने चटारो छ । 

तिबेला जिल्लाभर किसानलाई धान थन्क्याउने र विभिन्न बाली लगाउने चटारो रहेको आठराई गाउँपालिका–४, इवाका किसान डिल्लीराम बिकले बताउनुभयो । ‘चुनाव आयो रे, नेताहरु घर गाउँमा डुल्न थालिसके’ उहाँ भन्नुहुन्छ, ‘हामीलाई बाली थन्काउने, लगाउने चटारो छ, उनलाई मतदाता आफ्नो पक्षमा पार्ने चटारो ।’

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि जिल्लामा २१ मंसिरमा चुनाव हुँदैछ । मतदान गर्ने दिन आउन अब ३० दिन मात्रै बाँकी छ । तर गाउँका किसानलाई चुनावले छोएको छैन ।  कतिपय किसान खेती समाल्नमै व्यस्त रहेपनि आफ्नो पीडा बुझिदिने नेताले जितोस् भन्ने कामना गरिरहेका छन् । यो सिजनमा जिल्लाका किसान ‘खोल्सीको कालो सुन’ नामले परिचित अलैँची बाली थन्काउन, धान बाली भित्र्याउन र जौ तथा गहुँ छर्ने, आलुसहित विभिन्न तरकारी लगाउने काममा व्यस्त छन् । 

चुनाव अघिनै घरको काम सक्ने र मनपर्ने दलका कार्यक्रममा सहभागी हुने धेरै किसानको धोको छ । गएको असारमा भएको स्थानीय चुनावमा किसान खेतीपाती छाडेरै भए पनि चुनावमा सक्रिय बनेका थिए । तर अहिले भने किसानले कम चासो लिएका छन् । 

‘पार्टीका पछि लागे पेट के ले भर्ने ?’ फेदाप गाउँपालिका–२ की मालती जोगी भन्नुहुन्छ, ‘मानो फलाएर मुरी भित्राउने यो बेला हामलाई चुनावभन्दा खेतीपाती नै प्यारो छ ।’ किसानका लागि मानो खाएर मुरी उत्पादन गरेको अन्नबाली भित्राउने यो बेला अहिले मुख्य समय हो । त्यसैले धेरै मतदाता धान खेतमै व्यस्त छन् । पार्टीहरूले कृषिप्रधान देशको नाम अनुसार किसानका हितमा काम नगरेको उनीहरूको गुनासो छ । 

त्यसो त दलहरुले काममा लागेका किसानको खेतबारीमै पुगेर पार्टीका बारे प्रचार प्रसार गर्दै मत माग्न थालिसकेका छन् । दलहरुले जिल्लादेखि वडा, टोलस्तरमा समेत प्रचार प्रसार समितिहरु निर्माण गरेर धमाधम चुनाव प्रचार प्रसार थालेका छन् । 

संयुक्त प्रचारमा गठबन्धन

चुनावका लागि उम्मेदवारी दिएका दलहरुले पार्टीको प्रचार प्रसार कार्यक्रम तीव्र रुपमा अघि बढाएका छन् । वाम गठबन्धनका लागि नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त टोलीबाट प्रचार प्रसार सुरु भएको छ । यता नेपाली कांग्रेसले पनि जिल्लाभरि नै कार्यकर्तालाई परिचालित गरेको छ ।

गठबन्धनका दुवै दलका साझा उम्मेदवारलाई जिताउन उत्तिकै जिम्मेवारी रहने बताउँदै केन्द्रीय, जिल्ला तथा स्थानीय तहका नेता–कार्यकर्ता परिचालित छन् । नेपाली कांग्रेसका नेताहरु पनि गाउँ पसिसकेका छन् । स्थानीय चुनावमा दुई नगरपालिका र चार गाउँपालिका रहेको जिल्लाका ५ वटा स्थानीय तहमा नेकपा एमालेले जित निकालेको थियो । बाँकी एक तहमात्रै कांग्रेसले जितेको थियो । तर अहिले कांग्रेसपनि जित आफ्नो पक्षमा निकाल्ने दाउमा छ भने एमाले पुरानै जित दोहो¥याउने दाउमा छ । 

जिल्लामा ११ राजनीतिक दलले उम्मेदवारी दिएका छन् । कार्यालयका अनुसार प्रतिनिधिसभा सदस्य चुनावका लागि ११ दलको उम्मेदवारी परेको छ भने प्रदेश सभा–१ मा ९ र ‘प्रदेश सभा–२ मा ८ दलको उम्मेदवारी दर्ता भएको छ । सबै उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरी उम्मेदवारको अन्तिम नामावली प्रकाशन भइसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

प्रतिनिधिसभामा कांग्रेसकी युवा नेतृ तथा भौतिक पूर्वाधार राज्यमन्त्री सीता गुरुङ र वाम गठबन्धनबाट एमालेका निवर्तमान सांसद भवानीप्रसाद खापुङको प्रतिस्पर्धात्मक उम्मेदवारी छ । यस्तै संघीय समाजवादी फोरम नेपालका तुलसीप्रसाद अधिकारी, नेकपा मालेका डिल्लीबहादुर बुढाथोकी, राप्रपा प्रजातान्त्रिकका गौरीप्रसाद कन्दङवा, संघीय लोकतान्त्रिक राष्ट्रिय मन्चका शंकरमान लिम्बु, मंगोल नेशनल अर्गनाइजेशनका गंगाप्रसाद चोङवाङ, राष्ट्रिय जनमोर्चा पार्टीका हरिलाल अधिकारी, देशभक्त जनगणतान्त्रिक मोर्चाका कालीबहादुर फुदोङ, नयाँ शक्ति पार्टी नेपालका टंकबहादुर भट्टराई र राष्ट्रिय जनमुक्ति पार्टीका सागरनाथ रेग्मीको पनि उम्मेदवारी परेको छ ।

यस्तै प्रदेश सभा–१ मा नेपाली कांग्रेसका गोविन्द ढुंगाना, वाम गठबन्धनकालागि एमालेका जिल्ला अध्यक्ष लक्ष्मण तिवारी, संघीय समाजवादी फोरम नेपालका सुर्य मादेन, नेकपा मालेका माधवप्रसाद खनाल, राप्रपा प्रजातान्त्रिकका धनराज कन्दङवा, संघीय लोकतान्त्रिक राष्ट्रिय मन्चका देउनारायण सम्बाहाम्फे, नयाँ शक्ति पार्टी नेपालका विष्णुप्रसाद दाहाल, मंगोल नेशनल अर्गनाइजेशनका डालेश्वर लिम्बु र राष्ट्रिय जनमुक्ति पार्टी नेपालका वीरबहादुर थापाको उम्मेदवारी छ । 

क्षेत्र नं. २ मा कांग्रेसका विजय सम्बाहाम्फे, बाम गठबन्धनका तेजमान कन्दङवा, संघीय समाजवादी फोरम नेपालका मानध्वज सम्बाहाम्फे, राप्रपा प्रजातान्त्रिकका यशोदा देवी कार्की, संघीय लोकतान्त्रिक राष्ट्रिय मन्चका विष्णुकुमार लिम्बु, नयाँ शक्ति पार्टी नेपालका राजेन्द्र कन्दङवा, मंगोल नेशनल अर्गनाइजेशनका डम्बर लिम्बु र राष्ट्रिय जनमुक्ति पार्टी नेपालका तारादेवी थापाको उम्मेदवारी छ ।

प्रतिनिधि सभामा एक क्षेत्र रहेको जिल्लाबाट प्रदेश सभा–१ मा म्याङलुङ्ग नगरपालिका, लालीगुराँस नगरपालिका र छथर गाउँपालिका तथा प्रदेश सभा–२ मा फेदाप, मेन्छ्यायेम र आठराई गाउँपालिका पर्दछन् । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • बाढीले बगाएर भारत पगेका १० गैँडाको उद्धार

    चितवन, मंसिर ४ – चितवन राष्ट्रिय निकुञ्जबाट गएको साउनमा आएको बाढीले बगाएर भारत पुगेका १० वटा गैँडाको उद्धार गरिएको छ । पछिल्लो पटक भारतको पिप्रासीबाट एउटा गैँडाको उद्धार गरी सोमबार बिहान चितवन ल्याई सामुदायिक वनमा छाडिएको छ ।

  • कफी आयात र निर्यातमा कमी उत्पादनमा वृद्धि

    काठमाडौं, मंसिर १ – आज १३ औं राष्ट्रिय कफी दिवस : ‘आर्थिक सम्बृद्धिको लागि गुणस्तरीय कफी उत्पादन ! सरकारी, निजी र सहकारी क्षेत्रको राष्ट्रिय अभियान’ भन्ने नाराका साथ मनाइँदैछ ।

  • हिमाली जिल्लामा हिमपात सुरु, मतदान प्रभावित हुन सक्ने आशंका

    काठमाडौं, मंसिर १ – पश्चिमी भेगका हिमाली जिल्लामा हिमपात सुरु भएको छ । हुम्लामा शुक्रबार बिहानैदेखि हिमपात भइरहेको छ । सदरमुकाम सिमकोट र उत्तरी भेगका लिमी, मुचु खगालगाउँ, स्याँडा, हेप्का लगायतका क्षेत्रमा लगातार हिउँ परिरहेको हो ।

  • तिहारका फूलमाला उम्मेदवारका गलामा

    चितवनको क्षेत्र नं. ३ बाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले घरदैलो अभियानमा हुनुहुन्छ । पञ्चेबाजासहित घरदैलो अभियान सुरु गरेका प्रचण्ड जुन घरमा पुग्नुहुन्छ, त्यही घरमा फूलमाला लगाएर स्वागत गर्नेको घुईंचो हुन्छ ।

  • चितवनमा अन्तर्राष्ट्रिय भैँसी विज्ञहरुको सम्मेलन सुरु

    चितवन, कात्तिक २९ – चितवनमा सौराहामा अन्तर्राष्ट्रिय भैँसी विज्ञहरुको सम्मेलन सुरु भएको छ । नेपालमा पहिलो पटक भएको यो सम्मेलनमा विभिन्न देशका भैँसी विज्ञहरुले सहभागिता रहेको छ ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया