MENU

राजनीति

Ncell Axiata
sagun

सामाजिक सञ्जालमा देखिएको ‘चुनाव’

काठमाडौं, कात्तिक २३ – प्रतिनिधि र प्रदेशसभाको चुनाव नजिकिँदै गर्दा सामाजिक सञ्जाल पनि चुनावी सामाग्रीले रंगिएको छ । राजनीतिक दल, तिनका भातृ संगठन, कार्यकता, उम्मेदवार र उम्मेदवारका आफन्त, शुभचिन्तक सामाजिक सञ्जालमार्फत चुनावमा होमिएका छन् ।

मंसिर १० र २१ गते हुने प्रतिनिधि र प्रदेसशभाको चुनावमा उम्मेदवार र उनका आफन्त समर्थकले गर्दा फेसबुक, ट्वीटर, युट्युव, भाइबर, इन्स्टाग्रामलगायत सामाजिक सञ्जालमा चुनावको व्यापक प्रचार प्रसार भएको छ  । 

कहिलेकाँही आक्कल झुक्कल सामाजिक सञ्जाल चलाउने र आफ्ना गतिविधि सार्वजनिक गर्ने नेता कार्यकर्ताहरु अहिले नियमित चुनावी अपडेट गर्न अव्यस्थ छन् । सामाजिक सञ्जालमा आफू र आफ्नो पार्टीले गरेका राम्रा कामको प्रचार प्रसार गरेर भोट तान्ने दाउमा लागेका उम्मेदवार र उनका शुभभिन्तकहरु ।

केही समय अघिसम्म परम्परागत शैलीमा चुनावी प्रचार प्रसार गरेता पनि पछिल्लो समय सामाजिक सञ्जाल केन्द्रित प्रचार प्रसार व्यापक भएको छ । 

चुनावलाई लक्षित गर्दै उम्मेदवारहरुले धमाधम फेसबुक पेजहरु खोल्न र लाइक बढाउन थालेका छन् । राजनीतिक दलहरुले पनि चुनाव लक्षित गर्दै आफ्नो फेसबुक पेजमा चुनावी गीत, भिडियो, घोषणापत्रलगायत प्रचार प्रसारका सामाग्री धमाधम राख्न थालेका छन् । 

राजनीतिक दलका उम्मेदवारहरुले आफ्नो चुनाव चिन्हलाई फोटोसँग जोडेर मत माग्न व्यवस्थ छन् । छोटा छोटा भिडियो उम्मेदवार आफैंले बनाएर सामाजिक सञ्जालमा अपलोड गर्दै भोट माग्नेको जमात पनि ठूलै छ । 

अघिल्ला वर्षहको चुनावमा राजनीतिक दलहरूले घोषणापत्र छापेर, पर्चा पम्प्लेट टाँसेर भोट माग्थे । तर यसपाली घोषणापत्र सार्वजनिक हुनुभन्दा पहिला नै आफ्नो चुनावी धारणा, सवकासका योजना सामाजिक सञ्जालमार्फत व्यक्त गरेर भोट मागेका छन् । विभिन्न ट्रोलहरुले पनि समाजिक सञ्जाल व्याप्त छ । फलानो जिताऔं अभियान लेखिएका फेसबुक पेजको पनि खहरे बाढी आएको छ । 

सामाजिक सञ्जालमा उम्मेदवार र  दलको सैद्धान्तिक व्याख्या गर्ने, भोट माग्ने, गालीगलौज गर्ने किसिमका स्टाट्यास तथा तस्बिर व्यापक रूपमा पोस्ट भएको देखिन थालेको छ । चुनावी एजेन्डा, पार्टीको रणनीति, देशको अवस्था, नागरिकको अपेक्षालाई केन्द्रित गर्दै भोट मागिरहेका छन् ।

सामाजिक सञ्जालमा देखिएका चुनावी प्रचार प्रसारका केही उदाहरण यस्ता छन् :

नेपाली कांग्रेस

नेपाली कांग्रेसले आफ्नो फेसबुक पेजमार्फत चुनाव प्रचारप्रसारलाई व्यापक गरेको छ । फेसबुक पेजमा चुनावी गीत, भिडियोलगायतका सामाग्री राख्दै कांग्रेसले भोट मागेको छ । 

कांग्रेस आधिकारिक वेभसाइडमा १ लाख २६ हजार लाइक छ । स्थानीय तहसम्म यसको लाइक १ लाख १२ हजार थियो । चुनावी प्रचार प्रसारलाई व्ययापक गर्दै कांग्रेसले आफ्नो वेभ साइडको लाइक नि बढाउँदै लगेको छ । कांग्रेले सञ्चार विभागको जिम्मा नेता रमेश लेखकलाई दिएको छ भने फेसबुकर ट्वीटरको जिम्मा सुवास अधिकारीलाई दिइएको छ ।
कांग्रेसले चुनावलाई लक्षित गरेर स्थानीय तहको चुनाव भन्दा केही समय अघि मात्रै यो पेजलाई आधिकारिक रुपमा राखेको छ । वेभसाइडमा घोषणापत्र, उम्मेदवारको सूचि समावेश गरिएको छ ।  

त्यस्तै नेपाली कांग्रेसका उम्मेदवारहरुले पनि सामाजिक सञ्जालमाफर्त चुनावी प्रचार प्रसार थालेका छन् । जसको अग्रणी रुपमा नेता गगन थापा हुनुहुन्छ । गगन थापाको फेसबुक पेजको लाइक एक लाख ८८ हजार भन्दा बढी छ । यही फेसबुक पेजमार्फत थापाले आफ्नो चुनावी प्रचारप्रसार गरिरहनुभएको छ ।

मनोनयन दर्ताको दिनदेखि नै उहाँले आफ्नो फेसबुक पेजमार्फत चुनावी प्रचार प्रसार थाल्नुभएको छ । 

मनोनय गर्न जाँदाको भिडियो समेत फेसबुक पेजमा राख्दै अहिलेसम्म बेइमानी नगरेको बताउँदै थापाले भोट माग्नुभएको छ । सामाजिक सञ्जालमार्फत १० वर्षभित्र काठमाडौंबाट डिजेल पेट्रोलको गाडी हटाउने उहाँको प्रतिवद्धता समेत छ । भक्तपुर २ बाट प्रतिनिधिसभाको उम्मेदवार बन्नुभएका दमननाथ ढुंगानाले हिजोमात्रै ट्वीटर एकाउन्ट खोल्नुभएको छ । त्यस्तै कांग्रेस नेता रामचन्द्र पौडेलले आफ्नो ट्वीटर ह्याण्डलमार्फत चुनावी प्रचारप्रसार गर्नुभएको छ । 

प्रकाशमान सिंह, चन्द्र भण्डारी, प्रदिप गिरीलगायत कांग्रेस नेताहरु सामाजिक सञ्जालमाको चुनावी मैदानमा होमिएका छन् । 

एमाले 

एमालेको वेबसाइटमा ३ लाख २३ हजार २ सय २९ जनाले लाइक  गरेका छन् । जसमा  एमालेले आफ्नो घोषणापत्र, उम्मेदवारको सूचि राखेको छ । एमालेको फेसबुक पेजमा ३९ हजार ५ सय ३३ लाइछ छ । जुन अकाउन्ट भेरिफाइड पनि छ । पार्टी र उम्मेदवारका फेसबुक पेज र वेभसाइडमार्फत एमालले आफ्नो चुनावी प्रचार प्रसारलाई व्याप्त बनाएको छ । 


एमाले नेता वामदेव गौतमको फेसबुक पेज ८९ हजार लाइक छ । गौतमले आफ्नो चुनावी प्रचार प्रसारलाई यस पेजमार्फत व्यापाक पार्नुभएको छ । त्यस्तै एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले आफ्नो फेसबुक पेजमार्फत एक मिनेट लामो भिडियो अपलोड गर्दै भोट माग्नुभएको छ । ‘सूर्य चिन्हमा मतदान गरौं, न्यायपूर्ण समाज र सम्मुनत राष्ट्रको महाअभियानमा सहभागी बनौ’ भन्दै नेता नेपालले भोट माग्नुभएको छ । 

त्यस्तै नेता गोकर्ण विष्ट, प्रदिप ज्ञवाली, सुवास नेम्वाङ, लालबाबु पण्डितलगायतका नेताहरु सामाजिक सञ्जालमार्फत चुनावी प्रसाचर प्रसारमा व्यस्त छन् । नेता लालबाबु पण्डितको ४४ हजार लाइक भएको फेसबुक पेज छ । उहँको आफ्नै वेभसाइड पनि छ । जसमार्फत पण्डितले आफ्नो चुनावी प्रचार प्रसारलाई नागरिकसम्म पुर्‍याउनुभएको छ । 

यसभन्दा अघि पण्डित समान्य प्रशासन मन्त्री भएकाले सामाजिक सञ्जालमा लालबाबुलाई राष्ट्रपति बनाऔं भन्दै क्याम्यिन समेत भएको थियो । राष्ट्रिय झण्डा बोकेर साइकलमा सवार पण्डिको फोटो भएको तस्बिर पनि अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।

माओवादी केन्द्र

नेकपा आमोवादी केन्द्रको माओवादी केन्द्र नेपाल फेसबुक पेज छ । जसमा ५५ हजार भन्दा बढीले लाइक गरेका छन् । उज्यालो नेपालको सपना माओवादी केन्द्रले साकार पार्दै लगकाले माओवादीलाई भोट हाल्न सामाजिक सञ्जालमार्फत आग्रह गरिएको छ ।  तर यो पेज अफिसियल नभएको माओवादीले जनाएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रचण्ड १ लाख ६४ हजार लाइक भएको फेसबुक पेज छ । जसमार्फत ‘समग्र राष्ट्रको लागि प्रचण्डलाई जिताऔं’ अभियान चलाइएको छ । त्यस्तै माओवादी नेता जर्नादन शर्माको २ लाख ६३ हजार फेसबुक लाइक भएको पेज छ । आफ्नो पेजमार्फत नेता शर्माले चुनावी प्रचार प्रसारलाई व्यापक गर्नुभएको छ ।  

प्रचण्डका छोरा प्रकाश दाहालको भने ४ लाख ७७ हजार लाइक भएको फेसबुक पेज छ । यो पेज मार्फत सबैभन्दा बढी प्रचारप्रसार भएको पाइन्छ । माओवादी नेता नारायणकाजी श्रेष्ठ, पम्फा भुषाल, टोपबहादुर रायमाझी, अग्नी सापकोटालगायतका नेताहरु पनि सामाजिक सञ्जालमा सक्रिए छन् । माओवादीले विभिन्न ट्रोल, गीत, भिडियो र प्रचा पम्प्ले सामाजिक सञ्जालमा पोष्ट गर्दै भोट मागेको छ । 

नयाँ शक्ति पार्टी नेपाल

नयाँ शक्तिको एक लाख ३४ हजारभन्दा बढी लाइक भएको फेसबुक पेज छ । पार्टीको भन्दा बढी पार्टी संयोजक डा. बाबुराम भट्टराईको फेसबुक पेज बढी लाइक छ । भट्राई झण्डै १३ लाख लाइक भएको भेरिफाइड अकाउन्ट छ । उहाँ सामाजिक सञ्जालमा सक्रिय हुनुहुन्छ । उहाँलाई सामाजिक सञ्जालमा आएका गाली पचाउन सक्ने नेता भन्नेहरु पनि धेरै छन् ।  पार्टीको र आफ्नो पेजमार्फत डा. भट्टराईले चुनावी प्रचार प्रसारलाई तिव्र पार्नु भएको छ । 

गाउँ गाउँमा गएका, विभिन्न कार्यक्रमा सहभागी हुँदाका तस्बिर सामाजिक सञ्जालमा राख्दै भट्टराई जानकारी समेत गराउँदै आउनुभएको छ । आफ्नो पेजमार्फत आँखा खोलने बेला आइसकेकाले आँखा खोलेर आँखामा भोट हाल्न सामाजिक सञ्जालमार्फत नयाँ शक्तिले आग्रह गरेको छ । नयाँ शक्तिका डा. राजेन्द्र केसी, गंगानारायण श्रेष्ठ, बन्दना सुवेदीलगायतका नेता पनि समाजिक सञ्जालमार्फत चुनावमा होमिएका छन् ।

विवेकशील साझा पार्टी

विवेकशील साझा पाटीको पाँच लाख ३६ हजार ६७७ लाइक भएको भेरिफाइड अकाउन्ट छ । आफ्नो पेजमार्फत विवेकशील साझा पनि चुनावमा होमिएको छ । यसका संयोजक रवीन्द्र मिश्रको ६ लाख ८३ हजार लाइक भएको पेज छ । मिश्र सामाजिक सञ्जालमा निकै सक्रिय हुनुहुन्छ । पत्रकारिता छाडेर राजनीतिमा होनिुभएका मिश्रले आफ्ना चुनावका सम्पूर्ण गतिविधि सामासिजक सञ्जालमा सार्वजनिक गर्दै आउनुभएको छ ।   

हरेक दिन गरिएका घरदैलोको जानकारी र भोलि हुने कार्यक्रमको समेत जानकारी समाजिक सञ्जालमार्फत  मिश्रले गराउँदे आउनुभएको छ । चुनावसँग सम्बन्धीत अन्तर्वार्ता तथा लेखहरु सामाजिक सञ्जालमा शेयर गर्दै भोट माग्ने मिश्रको चुनावी शैली गज्जबको छ ।  

राप्रपा

राष्ट्रिय प्रजातत्र पार्टीको साढे ५ हजार लाइक भएको फेबबुक पेज छ । पार्टीको पेजभदा बढी अध्यक्ष कमल थापाको पेजमार्फत बढी चुनावी गतिविधि हुने गरेको छ । अध्यक्ष थापाको फेसबुक लाइक १ लाख २२ हजार भन्दा बढी छ । 

‘सधै सबैका लागि, अझ भावि पुस्ताका लागि, सकारात्मक परिवर्तनका लागि राप्रपा’ अभियान चलाएर राप्रपाले आफ्नो चुनावी प्रचारप्रसार गरेको छ ।   

चुनावी घोषणपत्रको जानकारी, पार्टीका गतिविधि, भोट तान्न विभिन्न ग्राफिक्सको प्रयोग समेत पार्टी अध्यक्ष थापाले सामाजिक सञ्जालमार्फत गर्नुभएको छ । उहाँले आफ्ना घोषणापत्रमा भएका प्रतिबद्धतालाई ग्राफिक्समाथि देखाएर प्रचार प्रसार गर्नुभएको  छ । 

त्यस्तै संघीय समावादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो, महन्थ ठाकुर लगाउतका नेता भने सामाजिक सञ्जालमा कम सत्रिएका छन् । थोरै लाइक भएका उनीहरुको एकाउन्ट भने चुनावका बेला केही सक्रिय देखिन्छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया