MENU

बातावरण-कृषि

Ncell Axiata
sagun

६० वर्षका मुरारीकृष्णको मासिक आम्दानी ६० हजार !

श्यामशितल परियार/उज्यालो ।

लमजुङ, कात्तिक २३ – झुस्स फुलेको दारी । पातलो ज्यान । ढल्किदो उमेर । तर पनि गाउँघरकै माटोमा पसिना बगाउनमा व्यस्त हुनुहुन्छ, लमजुङ सुन्दरबजार नगरपालिका–६ का मुरारीकृष्ण रेग्मी ।उहाँले व्यावासयिक गाईपालन गर्नुभएको छ । गाई पालनबाटै मनग्य आम्दानी गर्नुभएको छ । गाईको स्याहारमै उहाँको दिन बित्छ । ‘गाईको स्याहार सुसारमा दिन बिताउन पाउँदा खुशी लाग्छ, कृषि क्षेत्रमा केही गर्नुपर्छ भन्ने भावना लिएर पशुपालन व्यावसायमा लागेको हुँ’ ६० वर्षका रेग्मीले भन्नुभयो ।

मनमा जोस जाँगर भए उद्यम गर्न उमेरले नछेक्ने उहाँ बताउनुहुन्छ । उहाँले गाईपालनवाट मासिक ६० हजार रुपैयाँभन्दा बढी आम्दानी गर्नुहुन्छ । २०६९ सालदेखि उहाँले कामधेनु गाईफार्म सञ्चालन गर्नुभएको हो । 

सुरुमा १७ लाखको लगानीमा ११ वटा उन्नत जातका गाईबाट उहाँले व्यावसाय सुरु गर्नुभएको हो । अहिले उहाँको गाईफार्मममा सानाठूला गरी १५ वटा उन्नत जातका गाई छन् । गाईफामबार्ट दैनिक ४० लिटर दूध उत्पादन हुन्छ । उत्पादित दूध स्थानीय सुन्दरबजार र खत्रीठाँटीमै खपत हुन्छ । ‘प्रतिलिटर ७० रुपैयाँका दरले दूध बिक्री गर्दै आएको छु,’ उहाँले भन्नुभयो । 
 
उहाँका अनुसार वास्तविक कृषकले राज्यपक्षबाट साथ सहयोग पाउनुपर्छ । कृषक रेग्मीले गाईपालनका लागि झण्डै २० रोपनी जग्गामा उन्नत जातको घाँस खेती गर्नुभएको छ ।गाईको स्याहारसुसारमा मुरारी कृष्णलाई उहाँको परिवारले हरतरहले सघाउँछन् । देशकै माटोमा पसिना बगाउन सके, कृषि व्यावसयालाई निरन्तरता दिन सके स्वदेशमै मनग्य कमाउन सकिने उहाँ बताउनुहुन्छ । 

मनमा जोस जाँगर हुने हो भने छाना, माना र नानाका लागि खाडी धाउनु पर्दैन । मनमा दृढ इच्छा शक्ति मात्र भए स्वदेशकै माटोमा सुन फलाउन सकिने प्रशस्त सम्भावना मुरारीकृष्णको कामबाट प्रस्टै देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • बाढीले बगाएर भारत पगेका १० गैँडाको उद्धार

    चितवन, मंसिर ४ – चितवन राष्ट्रिय निकुञ्जबाट गएको साउनमा आएको बाढीले बगाएर भारत पुगेका १० वटा गैँडाको उद्धार गरिएको छ । पछिल्लो पटक भारतको पिप्रासीबाट एउटा गैँडाको उद्धार गरी सोमबार बिहान चितवन ल्याई सामुदायिक वनमा छाडिएको छ ।

  • कफी आयात र निर्यातमा कमी उत्पादनमा वृद्धि

    काठमाडौं, मंसिर १ – आज १३ औं राष्ट्रिय कफी दिवस : ‘आर्थिक सम्बृद्धिको लागि गुणस्तरीय कफी उत्पादन ! सरकारी, निजी र सहकारी क्षेत्रको राष्ट्रिय अभियान’ भन्ने नाराका साथ मनाइँदैछ ।

  • हिमाली जिल्लामा हिमपात सुरु, मतदान प्रभावित हुन सक्ने आशंका

    काठमाडौं, मंसिर १ – पश्चिमी भेगका हिमाली जिल्लामा हिमपात सुरु भएको छ । हुम्लामा शुक्रबार बिहानैदेखि हिमपात भइरहेको छ । सदरमुकाम सिमकोट र उत्तरी भेगका लिमी, मुचु खगालगाउँ, स्याँडा, हेप्का लगायतका क्षेत्रमा लगातार हिउँ परिरहेको हो ।

  • तिहारका फूलमाला उम्मेदवारका गलामा

    चितवनको क्षेत्र नं. ३ बाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले घरदैलो अभियानमा हुनुहुन्छ । पञ्चेबाजासहित घरदैलो अभियान सुरु गरेका प्रचण्ड जुन घरमा पुग्नुहुन्छ, त्यही घरमा फूलमाला लगाएर स्वागत गर्नेको घुईंचो हुन्छ ।

  • चितवनमा अन्तर्राष्ट्रिय भैँसी विज्ञहरुको सम्मेलन सुरु

    चितवन, कात्तिक २९ – चितवनमा सौराहामा अन्तर्राष्ट्रिय भैँसी विज्ञहरुको सम्मेलन सुरु भएको छ । नेपालमा पहिलो पटक भएको यो सम्मेलनमा विभिन्न देशका भैँसी विज्ञहरुले सहभागिता रहेको छ ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया