MENU

बातावरण-कृषि

आलुबालीको राष्ट्रिय कार्यशाला गोष्ठी सुरु

काठमाडौं, कात्तिक २३ – आलुबालीको वर्तमान अवस्था, उत्पादन र नयाँ जातको विकासका बारेमा आलु वैज्ञानिकहरुको दुई दिने राष्ट्रिय गोष्ठी सुरु भएको छ ।  ललितपुरको खुमलटारस्थित राष्ट्रिय कृषि अनुसन्धान परिषद (नार्क)को आलुबाली अनुसन्धान कार्यक्रमको सभाहलमा सुरु गोष्ठीमा देशभरका आलु वैज्ञानिकहरुको सहभागिता छ ।शुक्रबारसम्म चल्ने गोष्ठीमा आलुबालीको वर्तमान अवस्था, उत्पादन, नयाँ तथा उन्नत जातको विकासका लागि आगामी दिनमा गर्नुपर्ने कामको योजनाका बारेमा छलफल हुने बरिष्ठ आलु वैज्ञानिक कालिका उपाध्यायले जानकारी दिनुभयो ।

गोष्ठीमा भारतका वरिष्ठ आलु बाली वैज्ञानिक तथा अनुसन्धानकर्ता महेन्द्र सिंह कार्डियन पनि उपस्थित हुनुहुन्छ । उहाँले नेपालसँगै भारत, बंगलादेश, श्रीलंका, चीन लगायतका देशमा उत्पादन हुने आलु बालीका बारेमा विशेष कार्यपत्र प्रस्तुत गर्नुहुनेछ ।
 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया