MENU

बातावरण-कृषि

Ncell Axiata
sagun

१८ वर्षपछि कटारीको कृषि उपज केन्द्र सञ्चालनमा ल्याइँदै

उदयपुर, कात्तिक २३ – कटारी नगरपालिकाको कटारी बजारमा १८ वर्षअघि निर्माण भएको कृषि बजार तथा कृषि उपज केन्द्र अहिले बल्ल प्रयोगमा ल्याउन लागिएको छ । 

झण्डै सात कट्ठा जग्गामा आठ वटा कृषि भवनसहित निर्माण गरिएको उक्त केन्द्र लामो समयसम्म प्रयोग ल्याइएन । अहिले कटारी नगरपालिकाले पहिलोपटक यसलाई प्रयोगमा ल्याउन लागेको कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले बताउनुभयो । 

कृषकले उत्पादन गरेका उपज राख्ने र बिक्री गर्ने प्रयोजनका लागि निर्माण गरिएको यो केन्द्रका भवन प्रयोगविहीन रहँदा यो ठाउँ गाईबस्तु र सुँगुर खोरका रुपमा प्रयोग हुँदै आएको थियो । उक्त केन्द्रमा अहिले नगरपालिकाले नपुग संरचना थपेर प्रयोगमा ल्याउन खोजेको छ । अहिले नगरपालिकाको लगानीमा बाँकी रहेका संरचनाको निर्माण र घेराबेरा गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । मंसिरको दोस्रो हप्तादेखि नै यो केन्द्र सञ्चालनमा ल्याउने लक्ष्य छ । 

कटारी बजारमा तरकारी तथा सब्जी बजारको अभाव रहँदै आएको कटारीवासी बताउँछन् । अहिलेसम्म पनि सब्जी तथा तरकारीलगायतका उपभोग्य वस्तु कटारी बजारको मुख्य सडकखण्ड वा माझ चोकको दायाँ बायाँ किनबेच गर्ने काम भइआएको छ । जननिर्वाचित प्रतिनिधि नगरपालिकामा आएपछि कृषि उपज केन्द्रलाई उचित व्यवस्थापन गर्दै प्रयोगमा ल्याउन लागेको कटारी नगरपालिकाले बताएको छ । – रासस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • बाढीले बगाएर भारत पगेका १० गैँडाको उद्धार

    चितवन, मंसिर ४ – चितवन राष्ट्रिय निकुञ्जबाट गएको साउनमा आएको बाढीले बगाएर भारत पुगेका १० वटा गैँडाको उद्धार गरिएको छ । पछिल्लो पटक भारतको पिप्रासीबाट एउटा गैँडाको उद्धार गरी सोमबार बिहान चितवन ल्याई सामुदायिक वनमा छाडिएको छ ।

  • कफी आयात र निर्यातमा कमी उत्पादनमा वृद्धि

    काठमाडौं, मंसिर १ – आज १३ औं राष्ट्रिय कफी दिवस : ‘आर्थिक सम्बृद्धिको लागि गुणस्तरीय कफी उत्पादन ! सरकारी, निजी र सहकारी क्षेत्रको राष्ट्रिय अभियान’ भन्ने नाराका साथ मनाइँदैछ ।

  • हिमाली जिल्लामा हिमपात सुरु, मतदान प्रभावित हुन सक्ने आशंका

    काठमाडौं, मंसिर १ – पश्चिमी भेगका हिमाली जिल्लामा हिमपात सुरु भएको छ । हुम्लामा शुक्रबार बिहानैदेखि हिमपात भइरहेको छ । सदरमुकाम सिमकोट र उत्तरी भेगका लिमी, मुचु खगालगाउँ, स्याँडा, हेप्का लगायतका क्षेत्रमा लगातार हिउँ परिरहेको हो ।

  • तिहारका फूलमाला उम्मेदवारका गलामा

    चितवनको क्षेत्र नं. ३ बाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले घरदैलो अभियानमा हुनुहुन्छ । पञ्चेबाजासहित घरदैलो अभियान सुरु गरेका प्रचण्ड जुन घरमा पुग्नुहुन्छ, त्यही घरमा फूलमाला लगाएर स्वागत गर्नेको घुईंचो हुन्छ ।

  • चितवनमा अन्तर्राष्ट्रिय भैँसी विज्ञहरुको सम्मेलन सुरु

    चितवन, कात्तिक २९ – चितवनमा सौराहामा अन्तर्राष्ट्रिय भैँसी विज्ञहरुको सम्मेलन सुरु भएको छ । नेपालमा पहिलो पटक भएको यो सम्मेलनमा विभिन्न देशका भैँसी विज्ञहरुले सहभागिता रहेको छ ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया