MENU

बातावरण-कृषि

Ncell Axiata
sagun

भारतबाट उद्धार गरिएको एक गैँडा निकुञ्जमा छाडियो

चितवन, कात्तिक २४ – भारतको वाल्मीकि टाइगर रिजर्भबाट उद्धार गरी ल्याइएको एउटा गैँडालाई शुक्रबार बिहान सौराहाको जनकौलीबाट चितवन राष्ट्रिय निकुञ्जमा छाडिएको छ । 

वन सचिव डा. युवकध्वज जिसी, निकुञ्ज विभागका महानिर्देशक मनबहादुर खड्का, राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य–सचिव गोविन्द गजुरेल लगायतको उपस्थितिमा गैँडा छोडिएको हो । गएको साउन अन्तिम साता आएको बाढीका कारण बगाएर भारत पुर्‍याएको गैँडालाई बिहीबार उद्धार गरी राति सौराहा ल्याइएको थियो । 

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलका अनुसार बाढीले बगाएर भारत पु¥याई उद्धार गरिएको यो नवौँ गैँडा हो । चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठकका अनुसार भारतको वाल्मीकि टाइगर रिजर्भको मदनपुर क्षेत्रबाट अन्दाजी १५ वर्षको पोथी गैँडालाई उद्धार गरिएको हो । मदनपुर क्षेत्र नेपालको सीमा क्षेत्रबाट २० किलोमिटर पूर्वतर्फ पर्दछ । 

नेपालबाट लगेका चार हात्ती र झण्डै ७० जना जनशक्तिको दिनभरको प्रयासबाट बिहीबार दिउँसो गैँडालाई नियन्त्रणमा लिइएको पाठकले बताउनुभयो । डाट गरेर गैँडालाई बेहोस बनाई ट्रकमा राखेर बेलुका नेपालतर्फ ल्याइएको हो । भारतकै उत्तर प्रदेशमा पनि अर्को एक गैँडा देखिएको पाठकले बताउनुभयो । नेपालको सीमा क्षेत्रबाट झण्डै ६० किलोमिटर टाढा वन क्षेत्रमा गैँडा देखिएको सूचना प्राप्त भएको हो । त्यस क्षेत्रमा चितवन राष्ट्रिय निकुञ्जको एक टोली अवस्था बुझ्नका लागि शुक्रबार त्यसतर्फ जाँदैछ । रासस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • बाढीले बगाएर भारत पगेका १० गैँडाको उद्धार

    चितवन, मंसिर ४ – चितवन राष्ट्रिय निकुञ्जबाट गएको साउनमा आएको बाढीले बगाएर भारत पुगेका १० वटा गैँडाको उद्धार गरिएको छ । पछिल्लो पटक भारतको पिप्रासीबाट एउटा गैँडाको उद्धार गरी सोमबार बिहान चितवन ल्याई सामुदायिक वनमा छाडिएको छ ।

  • कफी आयात र निर्यातमा कमी उत्पादनमा वृद्धि

    काठमाडौं, मंसिर १ – आज १३ औं राष्ट्रिय कफी दिवस : ‘आर्थिक सम्बृद्धिको लागि गुणस्तरीय कफी उत्पादन ! सरकारी, निजी र सहकारी क्षेत्रको राष्ट्रिय अभियान’ भन्ने नाराका साथ मनाइँदैछ ।

  • हिमाली जिल्लामा हिमपात सुरु, मतदान प्रभावित हुन सक्ने आशंका

    काठमाडौं, मंसिर १ – पश्चिमी भेगका हिमाली जिल्लामा हिमपात सुरु भएको छ । हुम्लामा शुक्रबार बिहानैदेखि हिमपात भइरहेको छ । सदरमुकाम सिमकोट र उत्तरी भेगका लिमी, मुचु खगालगाउँ, स्याँडा, हेप्का लगायतका क्षेत्रमा लगातार हिउँ परिरहेको हो ।

  • तिहारका फूलमाला उम्मेदवारका गलामा

    चितवनको क्षेत्र नं. ३ बाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले घरदैलो अभियानमा हुनुहुन्छ । पञ्चेबाजासहित घरदैलो अभियान सुरु गरेका प्रचण्ड जुन घरमा पुग्नुहुन्छ, त्यही घरमा फूलमाला लगाएर स्वागत गर्नेको घुईंचो हुन्छ ।

  • चितवनमा अन्तर्राष्ट्रिय भैँसी विज्ञहरुको सम्मेलन सुरु

    चितवन, कात्तिक २९ – चितवनमा सौराहामा अन्तर्राष्ट्रिय भैँसी विज्ञहरुको सम्मेलन सुरु भएको छ । नेपालमा पहिलो पटक भएको यो सम्मेलनमा विभिन्न देशका भैँसी विज्ञहरुले सहभागिता रहेको छ ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया