MENU

अर्थ

Ncell Axiata
sagun

​रियाल, रिंगिट, दिर्हाम लगायतका विदेशी मुद्राको विनिमय दर

काठमाडौं, कात्तिक २४ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ६२ पैसा र विक्रिदर २७ रुपैयाँ ७८ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ४५ पैसा र विक्रिदर २८ रुपैयाँ ६२ पैसा छ ।

युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ २१ पैसा र विक्रिदर २८ रुपैयाँ ३७ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २४ रुपैयाँ ६३ पैसा र विक्रिदर २४ रुपैयाँ ७७ रहेको छ ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ २९ पैसा र विक्रिदर ९ रुपैयाँ ३४ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ४२ रुपैयाँ ०४ पैसा छ भने विक्रिदर ३ सय ४४ रुपैयाँ ०२ पैसा रहेको छ ।

एक बहराइन दिनारको खरिददर २ सय ७४ रुपैयाँ १२ पैसा र विक्रिदर २ सय ७५ रुपैयाँ ७१ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया