MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata
sagun

टर्कीमा आइएसका ९३ लडाकू पक्राउ

कात्तिक २४ – टर्कीको इस्तानबुल र दक्षिणी प्रान्त आदानामा टर्की प्रहरीले इस्लामिक स्टेट्स (आइएस) का ९३ जना लडाकू पक्राउ गरेको छ । स्थानीय सञ्चारमाध्यमले यसको जानकारी दिएका छन् । समातिएका आइएस लडाकूहरु प्रायः विदेशी भएको जनाइएको छ । 

इस्ताबुलका १४ वटा स्थानमा सँगसँगै गरेको प्रहरी कारबाहीमा ८२ व्यक्ति समातिएका सरकारद्धारा सञ्चालित सञ्चारमाध्यम आनादोलुले जनाएको छ । 

त्यसैगरी आदाना प्रान्तमा भएको प्रहरी कारबाहीमा ११ जना सिरियाली पक्राउ परेको जनाइएको छ । – रासस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया