MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata
sagun

‘साउदीले लेबनानविरुद्ध युद्धको घोषणा गर्‍यो’

कात्तिक २५ – साउदी अरेबियाले आफ्नो देशमा युद्धको घोषणा गरेको लेबनानका हेजबुल्लाह नेताले आरोप लगाएका छन् । 

हेजबुल्लाह नेता हसन नर्सलाहले साउदी अरेबियाले इजरायललाई लेबनान विरुद्ध उक्साएको आरोप पनि लगाउनु भएको छ । लेबनानका प्रधानमन्त्री साद अल–हरिरीले केही दिनअघि साउदी अरेबियाको राजधानी रियादबाट राजीनामाको घोषणा गर्नुभएको थियो ।

हेजबुल्लाह नेता नर्सलाले साउदी अरेबियाले अल–हरिरीलाई उहाँको इच्छा विपरित आफ्नो देशमा राखिरहेको बताउनुभएको छ । हेजबुल्लाह शिया अभियान निकै शक्तिशाली मानिँदै आएको छ र यसको यसलाई इरानको साथ रहेको छ । 

साउदी अरेबियाको इरानसँगको सम्बन्ध राम्रो छैन । त्यसको बदला लिनका लागि लेबनानका प्रधानमन्त्रीलाई राजीनामा दिन बाध्य पारेको तथा लेबनानसहितको क्षेत्रमा युद्धको सुरुवात गरेको हेजबुल्लाह नेताले आरोप लगाएका हुन् ।

लेबनानका प्रधानमन्त्री अल–हरिरीले गएको शनिबार रियादको एक टेलिभिजनमार्फत आफूले राजीनामा दिएको घोषणा गर्नुभएको थियो । लेबनानका राष्ट्रपति मिसेल आउन तथा अरु शीर्ष राजनीतिकज्ञले अल–हरिरीलाई लेबनान पठाइनु पर्ने माग गर्दै आएका छन् । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया