MENU

मनोरञ्जन

Ncell Axiata
sagun

वरुण धवनलाई फ्यानले दिइन् आत्महत्या गर्ने धम्की

कात्तिक २५ – फिल्म स्टार, रक स्टार वा स्पोर्ट्स स्टार, सबैको पछाडि प्रसंशकको लाइन नै लागेको हुन्छ । आफूलाई मन पर्ने कलाकार तथा खेलाडीलाई नजिकबाट देख्न सबैलाई मन लाग्छ ।

 

बलिउडकै कुरा गर्ने हो भने शाहरुख खानको जन्मदिनमा मुम्बईस्थित निवास ‘मन्नत’ अगाडि सयौंको भिड लाग्ने गर्छ । कलाकारलाई प्रसंशकको यति धेरै माया पाउँदा खुशी हुनु स्वभाविक नै हो । तर कहिलेकाहीँ प्रसंशककै कारण कलाकारलाई तनाव पनि झेल्नु पर्ने हुन्छ । त्यस्तै तनाव झेलेका छन् बलिउड स्टार वरुण धवनले । 

उनले एक जना त्यस्तै क्रेजी फ्यानका कारण मानसिक तनाव भोग्नु परेको छ । इन्डिया टुडेका अनुसार एक जना फ्यानले ह्वाट्स एपमा फोन गरेर हैरान पारेपछि धवनले मुम्बई प्रहरीमा उजुरी गरेका छन् । प्रहरीका अनुसार एक जना युवतीले केही दिनदेखि वरुण धवनलाई लगातार मसेज गरिरहेकी थिइन् । सुरुमा कुनै प्रतिक्रिया नजनाएका धवनले धेरै नै मेसेज आउन थालेपछि त्यो नम्बर नै ब्लक गरिदिएका थिए । 

तर कुरा त्यतिमै सकिएन । केही दिनछि वरुण धवनलाई नचिनेको नम्बरबाट फोन आयो । फोनमा मेसेजको जवाफ नफर्काएका कारण आफूले आत्महत्या गर्न लागेको जानकारी ती युवतीले दिइन् । तुरुन्तै धवनले आफ्ना वकिलसँग कुरा गरे । उनले प्रहरीमा उजुरी पनि गरे । प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ । वरुणलाई फोन आएको नम्बर भने अफ भएको प्रहरीले जनाएको छ । 

वरुण धवन चाँडै नै शूजित सरकारद्वारा निर्देशित फिल्म ‘अक्टूबर’ मा देखिदैँछन् । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया