MENU

खेल

Ncell Axiata

फिफाका पूर्व अध्यक्ष ब्लाटरले यौन दुर्व्यवहार गरेको अमेरिकी गोलरक्षक होपको आरोप

कात्तिक २५ – अमेरिकी महिला फुटबल टिमकी गोलरक्षक होप सोलोले विश्व फुटबलको प्रशासकीय निकाय फिफाका पूर्व अध्यक्ष सेप ब्लाटरले आफूमाथि यौन दुर्व्यवहार गरेको  आरोप लगाएकी छन् । विश्वकप विजेता ३६ वर्षकी सोलोका अनुसार सन् २०१३ को बालोन ड’ओर अवार्ड समारोहमा ब्लाटरले उनीमाथि यौन दुर्व्यवहार गरेका हुन् । आफू अवार्ड प्रस्तुत गर्न स्टेजमा जाने बेला ब्लाटरले यौन दुर्व्यवहार गरेको सोलोको आरोप छ । पोर्चुगलको पत्रिका एक्प्रेसोसँगको कुराकानीको क्रममा ब्लाटरले आफ्नो हिपमा समातेको सोलोले बताएकी हुन् ।

आफू नर्भस भएका कारण यो कुरा पहिले नभनेको उनले बताएकी छन् । पछिल्लो समय यौन दुर्व्यहारमा परेको भन्दै घटना बाहिर ल्याउने क्रम बढेको छ । सोलोले अमेरिकी राष्ट्रिय टिमबाट दुई सय २ खेल खेलिसकेकी छन् । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया